शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुर्गा मन्दिर आधुनिक शैलीमा निर्माण हुदै
चैत्र १४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ चैत १४ - 
लहान–७ स्थित मुख्य बजारमा रहेको दुर्गा मन्दिरको पुनर निर्माण कार्यलाई अगाडी बढाएको छ। सोमबार एक कार्यक्रका बीच लहान नगरपालिका नगरप्रमुख मुनि साह द्वारा दुर्गा मन्दिर निर्माण कार्यको शिलान्यास सम्पन्न गरिएको छ। लहान नगरपालिकाले भ्याट र पिएस समेत १ करोड २८ लाख ७८ हजार ६२२ रुपैया १९ पैसामा नेपा कन्ट्रक्सन एण्ड कन्सलटेन्ट ग्रुपलाई  ठेक्का लगाई मन्दिर निर्माणको कार्यलाई अगाडी बढाएका हुन्। मन्दिरकोडिपिआर नमूना नक्सा देखेर स्थानीयहरुले अब दुर्गा मन्दिर आधुनिक शैलीमा बन्ने निश्चित भएको भन्दै खुसी व्यक्त गरेका छन्। लहान बजारको विकासमा महत्पूर्ण धार्मिक स्थलको रुपमा रहेको राम मन्दिर निर्माण सुरु भैसकेको र यहि एकदुईमहिनामा नै पुरानो नगरपालिका भवनलाई सपिङ्ग कम्प्लेक्सको रुपमा निर्माणको लागि टेण्डर हुने नगरप्रमुख साहले जानकारी दिनुभयो ।उहाँले बजार क्षेत्रमा रहेको राम मन्दिर र दुर्गा मन्दिरले धार्मिक पर्यटनको साथै शहरको सुन्दरता र पवित्रतामा समेत बल पुरयाउने उद्येश्यले राम मन्दिर र दुर्गा मन्दिर निर्माण कार्य अघि बढाएको बताउनु हुँदै लहानको विकास भनेको शहरी र ग्रामीण भेगको सन्तुलन कायम गर्नु रहेकोले यसतर्फ लहान नगरपालिकाले आफ्नो बजेटको परिधिभित्र रहेर काम गरिरहेको उहाँले जोडदिनुभयो ।

लहानको नयाँ बजार निर्माण कार्य, फोहोरबाट मोहर प्रशोधन केन्द्र र आर्यघाट निर्माणको लागि खडा गरिएको बाधा व्यबधान हटाएर लहानको समृृद्धि र विकासमा सबैको सहयोग उतिकै आवश्यक रहेकोले बाधा व्यवधान होइन, सहयोगको लागि सकारात्मक हुन,भइदिन सबैसँग आग्रह समेत गर्नुभयो । लहान–७ का कार्यवाहक वडाध्यक्ष आनन्द चौधरीले लहान नगरपालिकाको वडा नम्बर ७ मुख्य व्यापारिक केन्द्र रहेको यस वडामा विकास निर्माण र धार्मिक पर्यटनको प्रवल संभावना बोकेको राम मन्दिर र दुर्गा मन्दिर निर्माण कार्यको लागि लहान नगरपालिकाले प्रशंसायोग्य काम गरेको धारणा राखेका थिए। कार्यक्रमको अध्यक्षता कावा अध्यक्ष चौधरीले गरेका थिए भने कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु,समाजसेवी ,संचारकर्मी,स्थानीय लागायतको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.