फिरोज शेख लहान २०७९ जेठ १३ -
सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ। १ सय ४२ औ शाखाका रुपमा बैंक बिस्तार गरिएको बैंकका मधेश प्रदेश प्रमुख सुभाष शर्माले बताए।बैंकका संचालक समिति सदस्य रमेश कुमार निरौला र लहानका नगरप्रमुख महेश प्रसाद चौधरी संयुक्त रुपमा उद्घाटन गर्दै बैंकको सेवा सुरु गरेका हुन् ।कार्यक्रम बोल्दै नगर प्रमुख चौधरीले वृद्धहरुलाई घरमै भत्ता पुर्याउ आग्रह गर्नु भएको छ। लहान नगरपालिका भित्र रहेका २४ वटा वडा मध्ये कुनै एक वडा सेन्चुरी कमर्सियल बैंकलाई वृद्धभत्ता भुक्तानीका लागि जिम्मा लगाइने प्रतिवध्ता जानाउदै असक्त,बिरामी,धेरै उमेर नाघी सकेका हिड नसक्ने वक्तिलाई घरमै पुगी वृद्धभत्ता दिनहुन आग्रह गरेका हुन्। बैंक भनेको जनताको नोकर भएकाले लोन दिने बेलामा धनी संगै गरिबलाई पनि सहज तरिकाले उपलब्ध गराउनु पर्ने बताउनु भयो। स्थानीय तह सरकारले नियमुसार बैंकका लागि गर्नु पर्ने सम्पूर्ण कार्यहरु इमान्दारी पुर्वक गर्ने भनि नगरप्रमुख चौधरीले प्रतिबध्ता समेत जनाउनु भयो।
बैंकका संचालक समिति सदस्य रमेश कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने ,प्रमुख कर्जा अधिकृत राजेश भण्डारी ,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य वडा न .८ का वडा अध्यक्ष श्याम साह भोरेभोर, लाहा शाखा प्रमुख अमर कुमार साह लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको उपस्तिथी रहेको थियो। २०७८ चैत्र मसान्त सम्ममा बैंकले रु.९२ अर्ब ९३ करोड निक्षेप संकलन र कर्जा रु.८९ अर्ब ६५ करोड कर्जा प्रदान गरि १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गत बर्षको सोहि अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो।