शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सुबिधा सम्पन्न पेट्रोल पम्प संचालनमा
असाड ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ४  - 
पुर्व -पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका वडा न .२२ मापदण्ड सहितको सुविधा सम्पन्न "फोर ब्रदर्स आयल ट्रेड सेन्टर " नामक पेट्रोल पम्प शुक्रबार देखि संचालनमा आएको छ। पम्पको उद्घाटन पम्पका संचालक लहान ७ निवासी मो.गफुर राइनका सासु अल कुरैस खातुनको हात बाट रिवन काटेर गरिएको छ। "फोर ब्रदर्स आयल ट्रेड सेन्टर "अत्याधुनिक प्रविधि जडान गरी निर्माण गरिएको यो पेट्रोल पम्म चौबीसै घण्टा सेवा प्रदान गर्ने गरी शुक्रबार बाट सञ्चालनमा ल्याएको हो।

अत्याधुनिक सुबिधा सहितको "फोर ब्रदर्स आयल ट्रेड सेन्टर " जग्गा बाहेक करिब ४ करोडको लागतमा संचालनमा आएको जनाइएको छ। लहानका जग्गा व्यवसायी समेत रहेका मो.गफुर राइनले सञ्चालनमा ल्याएको पेट्रोल पम्पमा पेट्रोल पम्पमा हुने सबै सुबिधा संगसंगै सुबिधा सम्पन्न  कार वास, कफी सोप,सुपर मार्केट,फ्री वाईफाई र होटल & लजको पनि संरचना निर्माण भइसके पनि केहि दिन भित्रै त्यो पनि संचालनमा आउने संचालक राइनले जानकारी दिए। यस क्षेत्रमा सुबिधा सम्पन्न पेट्रोलम्प नभएकाले सबै सुबिधा एकै ठाउँबाट दिने प्रयास गरिएको सञ्चालक राइनले बताए । ‘बिदेशमा मात्रै होटल र पेट्रोलपम्प संगै देख्न पाइ्रन्छ, त्यो सुबिधा यहाँ पनि दिन सकिने देखेकोले सेवा शुरु गरेको उनले भने।  "फोर ब्रदर्स " नाम किन राखियो भन्ने सन्दर्भमा उहाँले मेरो ४ जना छोरा रहेको हुँदा यस पम्पको नाम "फोर ब्रदर्स आयल ट्रेड सेन्टर " राखिएको प्रष्ट पारे। 

अत्याधुनिक डिजीटल प्रबिधीबाट सञ्चालन गरिएको आयल सेन्टरमा डिजल र पेट्रोल गरी १ लाख लिटर क्षमता रहेको छ। लामो दुरीका सवारी साधन पार्किङ्ग गर्ने, दुई तर्फबाट सवारी साधन जान आउन सक्ने र एकैपटकमा १० वटा सवारी साधनले इन्धन भर्न सक्ने बनाइएको छ । आफ्नै साढे ८ कट्ठा क्षेत्रफलमा बनेको उक्त पेट्रोल पम्प,होटल & लज,कफी सप र सुपर मार्केटले जिल्लाको पर्यटन प्रवर्धन तथा रोजगरमा केहि टेवा पु¥याउने उनको विश्वास छ। पम्प परिसर भित्र एटिएम सहित महिला तथा पुरुषका लागि भिन्दा-भिन्दै अत्याधुनिक शौचालय पनि निर्माण गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.