शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा चौधरीको एकल उम्मेदवारी

10 Views

असाड १०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १० -
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्व चयनको लागि यहि असार १७ गते शुक्रवारका दिन हुन गइरहेको निर्वाचनमा मारुती होटल प्रालि लहानका संचालक अजय कुमार चौधरी विना प्यानल अध्यक्ष पदमा एकल उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भइरहेको अवस्थामा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको निर्वाचनमा पनि बिना कुनै गुट-उपगुटमा परि चौधरीले अध्यक्ष पदमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएका हुन्। २०६० सालको निर्वाचनमा जिल्ला सचिवमा निर्वाचित भएका चौधरी वर्ष २०६७ सालको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी हुनु भएको थियो। चौधरीले जिल्ला उद्योग वाणिज्य संघ सिरहा विशुद्ध व्यवसायीहरुको संगठन भए पनि यसमा राजनीति,गुट-उपगुट संगै नातावाद कृपावाद हावी रहेको हुँदा यो जालोलाई तोडन आफुले विना कुनै समुह बनाई एकल उम्मेदवारी दिएको बताउनु भयो।

 जिल्ला उद्योग वाणिज्य संघ सिरहामा रहेको कुरीतिलाई हटाउन सम्पूर्ण उधोगी,व्यपारी तथा व्यवसायीहरुलाई चौधरीले आफुलाई साथ दिनुहुन अनुरोध समेत गरेका छन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहान नेतृत्वका लागि अध्यक्ष पदमा एकल उम्मेदवार चौधरी सहित विकास कुमार सारडा र पशुपति साहले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत उद्धव हमालका अनुसार बुधबार निर्धारित समयमा उद्योग वाणिज्य संघको कार्यालयमा तीनजना अध्यक्ष पदका उम्मेदवार सहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.