शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
असाड १३, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ असार १३ - 
नबिल इन्भेस्टमेन्ट बैकिंग लिमिटेडको आयोजनामा एक दिने बित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। नबिल बैंकको सब्सीडीयरी संस्था नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लहानमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेका हुन् । बुधवार लहान स्थित प्यासिफिक होटल र रोयल सफ्टेक कलेजमा आयोजित पूँजी बजार सम्बन्धी छुटा-छुटै वित्तीय साक्षरता कार्यक्रममा नबिल इन्भेस्टमेन्टका हेड मर्चेन्ट बैंकिंग मनोहर कडेल र जनसम्पर्क अधिकारि दिपक साहले प्रशिक्षणको क्रममा पूँजी बजारको बारेमा विस्तृत जानकारी गराउनुका साथै कम्पनिले गर्ने काम, कम्पनीबाट प्रवाह हुने सेवा सुविधा, वर्तमान परिवेशमा पुँजी बजारको अवस्था लगायतका बारेमा प्रकाश परेका थिए। कार्यक्रममा पछिल्लो समयमा शेयर बजारतर्फ बढ्दै गएको आकर्षणका कारण शेयरमा लगानी गर्नुपर्ने बारेमासमेत जानकारी गराइएको थियो।

नबिल बैंक लहान शाखाका प्रमुख विश्व घिमिरेले लहानमा पुँजी बजार सम्बन्धि बित्तिय साक्षरताको आवश्यक्ता देखिएकोले  नविल इन्भेष्टमेन्ट संग समन्वय गरेर उक्त्त कार्यक्रको आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा नबिल बैंकका विभिन्न शाखाहरुको प्रतिनिधि, लगानीकर्ता, उद्यमी, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.