शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पनि धान दिवस मनाइयो,सिरहामा १४ प्रतिशत मात्र रोपाइँ
असाड १५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १५ - 
सिरहाको लहानमा पनि १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ। " धान वालीमा जैविक विविधताको उपयोग ,आयात प्रतिस्थापानामा सहयोग " नारालाई सफल बनाउन लहान नगरपालिका लहान ,कृषि ज्ञान केन्द्र सिरहा र सलहेश फुलवारी विउ उत्पादन कृषक समुह लहान -११ सिरहाको संयुक्त आयोजनामा धान रोपेर १९औ राष्ट्रिय धान दिवस मनाएका हुन्। दिवसको अवसरमा लहान नगर प्रमुख महेश प्रसाद चौधरी,प्रमुख जिल्ला अधिकारि लाल बाबु कवारी लगायतका व्यक्तिहरु सलहेस फुलवारी विउ उत्पादन कृषक समुह लहान -११ पडरिया वेली स्थित खेतमा पुगेर धान रोपेका छन्। देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । 

सिरहा जिल्लामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गर्दछ । सिरहामा यसवर्ष ७ हजार ५६० हेक्टर (१४) प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। प्रदेशका आठवटै जिल्ला मिलाएर ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्ने मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिएका छन् । देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा मधेश प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ सकिएको छ । जस अन्तर्गत सिरहा जिल्लामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गर्दछ । सिरहामा यसवर्ष ७ हजार ५६० हेक्टर अर्थात १४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। लहानमा आयोजित कर्यक्रमको समापनमा दही,च्युरा,आँप, कटहर, तरुवा लगायत थारु परिकारहरु खुवाएर आयोजकले अतिथिहरुलाई स्वागत तथा सम्मान गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.