शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज मुस्लिम समुदायले बकर-इद पर्व मनाउदै,आज सार्वजनिक विदा

5 Views

असाड २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार २६ - 
 पवित्र महिना रमजानको करिब ७० दिनपछि आउने ईद उल जुहा (बकर-इद) पर्व मुस्लिम समुदायले सिरहाको लहान सहित देशै भर हर्सोल्लासका साथ आज मनाइरहेका छन्। ईद उल जुहा (बकर-इद) मुस्लिमहरुको दोस्रो महान् पर्व हो। ईद उल जुहाको अर्थ ‘त्याग’ हो।इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई अल्लाहको निर्देशनमा भगवानको नाममा उनकै बाटोमा हिँड्नका लागि त्याग गरेको तर अल्लाहले जीवनदान दिएको सम्झनामा बकरिद मनाउने गरिन्छ। बकर-इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। नेपालका मुस्लिम धर्मगुरु सकिल अहमद कादरीका अनुसार मुस्लिम समुदायले खाने साना–ठूला चारखुट्टे जनावरलाई अल्लाहका नाममा त्याग गर्ने पर्व बकरिद हो। उनका अनुसार ईद–ए–कुर्बां पनि भनिने बकर-इदको शाब्दिक अर्थ त्यागको भावना भन्ने हुन्छ। धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्। यो दिन सबैले नजिकको मस्जिद, इदगाह र मजारमा सामूहिक नमाज पढ्ने, शुभकामना अदानप्रदान गर्ने गरिन्छ। 

सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गरिन्छ।मुस्लिम धर्मगुरु कादरीका अनुसार यो पर्वका दुई प्रमुख सन्देश छन्। पहिलो, परिवारका ज्येष्ठ सदस्यलाई स्वार्थभन्दा माथि उठेर  सम्मान र सेवा गर्नु रहेको छ भने दोस्रो, आफू मानव उत्थान र सेवामा समर्पित रहनु भन्ने छ।बकर-इदको उपलक्ष्यामा सरकारले संघीय तथा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।बकर इदको उपलक्ष्यमा मधेश प्रदेश सरकारले शुभकामणा दिनुको साथै वार्षिक क्यालेन्डरमै उल्लेख भए बमोजिम आज बिदा रहेको जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.