शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कर शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
साउन १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन १३ - 
आर्थिक वर्षको सुरुवातसँगै सिरहा आन्तरिक राजस्व कार्यालय लहानले कर शिक्षा छलफल तथा अन्तरकृया कार्यक्रम संचालन गरेको छ । सिरहाको लहान नगरपालिकामा जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानको आयोजनामा बाणिज्य संघको सभा हलमा एक औपचारिक कार्यक्रमका साथ ई-बिलिङ्ग तथा कर शिक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम विहिबार सम्पन्न भएको छ। राज्यले कर बढाएको भन्ने विषय सर्वत्र निन्दा हुँदा उद्योगी, व्यवसायी तथा सम्पुर्ण करदाताहरुलाई जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न स्थानिय निकायले आ- आफ्नै किसिमले आन्तरिक कर तथा सुल्क निर्धारण गरिदा देशभर नै अहिले करको विषयमा चर्चा र परिचर्चा हुँदै आएको छ । कार्यक्रममा कर कार्यालय प्रमुखले कुन व्यवसायीले कति कर तिर्ने ? कुन कुन व्यवसाय करको दायरामा आउनुपर्ने भन्ने प्रस्ट पारेका थिए । 

सामान्य किसिमका ब्यबसाय संचालन गर्नका लागि स्थानिय निकायमा सर्बप्रथम इजाजत लिनु पर्ने तथा विशेष किसिमका व्यवसायको हकमा सम्बन्धित निकायबाट इजाजत पत्र लिएर मात्र व्यवसाय संचालन गर्न सकिने नियममा उल्लेख छ । हाल व्यवसाय संचालनका लागि साना व्यवसायीले प्यान र ठुला व्यवसायीकले भ्याटमा दर्ता हुनुपर्ने प्राबधान ऐनमा उल्लेख छ । नयाँ प्राबधान अनुसार व्यवसायी आफैले युजर आइडी मार्फत कर बिबरण भर्न सकिने तथा बैंक मार्फत आफ्नो कर रकम दाखिला गर्न सकिने ब्यबस्था छ । कर दाता हरुले करबारे सेवा लिन अब कर कार्यालय धाउनु पर्ने झन्झटबाट मुक्त भएका छन ।

कार्यक्रमका सभापती जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले लहानका व्यवसायीहरुलाई कर सम्बन्धी आवश्यक जानकारी दिलाउन कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिरहा लहानका प्रमुख कर अधिकृत युवराज भण्डारी र सुरेश दाहालले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका पुर्व अध्यक्ष पवन मुन्धडा ,निवर्तमान अध्यक्ष अशोक लाल अमात्य लगायत नवनिर्वाचित कार्यसमिति सदस्य, उद्योगी,व्यवसायीहरुको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.