शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अधिकारकर्मीहरूले महिलाबन्दीहरू सँग मनाए तीज

8 Views

भाद्र १४, २०७९ | सरगम खबर समाचारदाता

२०७९ राजविराज १४भदौ । 
 राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई सामूहिक रूपमा दर खुवाएर सोमबार अधिकारकर्मीहरूले तीज मनाएका छन् । तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरू सँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् ।कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिए । 

 त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।उक्त अवसरमा कारगारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको छ । जम्मा १ सय ५५ क्षमता भएको कारागार माहाल १६ महिला, १ आश्रित बालक र ३ सय ७१ पुरुष कैदीबन्दी छन् ।कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, पत्रकार पुनम पोखरेल, महिला शिक्षक रत्ना गुरुङ, मेचीमहाकाली बुहारी संयुक्त आवाजकी मीरा गुरुङ, सामाजिक कार्यकर्ता उमेश यादवलगायतको सहभागिता रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.