शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सेञ्चुरी बैंकका ग्राहक वर्गले सामानमा २० प्रतिशत छुट पाउने

8 Views

भाद्र २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २३ -
सेञ्चुरी कमर्सियल बैंकका ग्राहक वर्गले सामानमा खरिद गर्दा २० प्रतिशत छुट पाउने पाउने भएका छन्। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड लहान शाखा र लहान नगरपालिका वडा नं. १ मा अवस्थित सुमन जेनरल स्टोर बीच सेञ्चुरी कमर्सियल बैँक लिमिटेडका ग्राहकवर्गलाई सुमन जेनरल स्टोर बाट प्रदान गरिने सेवामा आकर्षक छुट दिने विषयमा सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता लगायत बैंकका सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सुमन जेनरल स्टोरमा फर्निचर र फर्निसिड.समानहरुमा २० प्रतिशत र रिवोलिङ्ग चेयर लगायतमा ५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुमन जेनरल स्टोरका तर्फबाट प्रोप्राइटर सुमन कुमार सिंह दनुवार र बैंकका तर्फबाट लहान शाखाका शाखा प्रबन्धक अमर कुमार साहले हस्ताक्षर गरेका छन् ।
 
सेञ्चुरी बैँकले सिरहा जिल्लामा लहान र सिरहा सहित देशका सुगम तथा दुर्गम क्षेत्रबाट आधुनिक प्रबिधिमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । हाल सेञ्चुरी बैंकका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २५ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा मार्फत सन्तुष्टी प्रदान गर्दै आएको आइरहेको छ। थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.