शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जितिया पर्वको अवसरमा ओठघन तथा शुभकामना कार्यक्रम सम्पन्न
भाद्र ३१, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ ३१ - 
सिरहाको लहानमा बिहीबार जितिया पर्वको अवसरमा ओठघन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिकाको आयोजनामा ओठघन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो।लहान नगरपालिका वडा न.११ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक सुरुज नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले ओठघन कार्यक्रमले संस्कृति जगेर्नामा टेवा पुग्ने बताए । जितिया पर्वको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै नगरप्रमुख चौधरीले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सबैजातजातीको धर्म संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जितियालाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडको रुपमा लिइएकोले नगर प्रमुख चौधरीले लहान नगरपालिका नगर कार्यपालिकाको कार्यलयका कर्मचारीहरुलाई जितिया पर्व मनाउन असोज २ गते सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ । धर्म, संस्कृति, पहिचान र परम्परासंग जोडिएको महत्त्वपूर्ण पर्व भएको कारणले सार्वजनिक विदाको घोषणा गरिएको प्रमुख चौधरीले बताउनुभयो । 

संचारकर्मी प्रिया सिंह थारु र प्रमोद थारुले संचालन गरेको कार्यक्रममा उपस्थित विशिष्ट अतिथि लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन प्रसाद चौधरी,वडा अध्यक्ष,थारु समाजका अगुवा,महिला अधिकारकर्मी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। सयौंको संख्यामा उपस्थित महिला दिदिबहिनीहरुको विशेष उपस्थितिमा स्थानीय गित तथा नृत्य प्रस्तुत गर्दै थारु परिकार खाएर जितिया ओठघन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.