शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा बजाजको ‘एनएस १२५’ बाइक सार्वजनिक
भाद्र ३१, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ ३१ - 
सिरहाको लहानमा बजाजको ‘एनएस १२५’ बाइक सार्वजनिक भएको छ । लहानका लागि आधिकारिक बिक्रेता मनकामना ट्रेड लिंकले  शुक्रबार जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा र निवर्तमान अध्यक्ष अशोकलाल अमात्को हात बाट पल्सर सिरिजको ‘एनएस १२५’ बाइक सार्वजनिक गरेको हो।एनएस सिरिजमा बाइकहरु मध्ये सबैभन्दा कम सिसी क्षमता रहेता पनि लुक्स भने यसअघि बजारमा आएका ‘एनएस १६०’ र ‘एनएस २००’कै रहेको मनकामना ट्रेड लिंकका संचालक शंकर चौधरीले बताए। संचालक चौधरीका अनुसार एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ। ‘दशैंको अवसरमा हामीहरुले बाइक किन्दा ७ हजारसम्म छुटको व्यवस्था गरेका छौं’ अफरमै २५ प्रतिशत डनपेमेन्टमा बाइक खरिद गर्न पाउने व्यवस्था मिलाएका छौं ।’

बाइकको विशेषता भन्नु पर्दा बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको छ,भने अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको छ। बाइकमा ५ स्पीडको गियरबक्स दिइएको छ। १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च भएको संचालक चौधरीले दावी गरे ।अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ" भने १२ लिटर इन्धन ट्यांकी रहेको सो एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरिएको उनले जानकारी दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.