शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सेयर बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

8 Views

आश्वीन ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज ६ - 
सिरहाको लहानमा एक दिने " सेयर बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम "सम्पन्न भएको छ। बुधबार लहान सिटी जेसीजको जेसीज सप्ताह -२०२२ अन्तर्गत चाैथाे कार्यक्रम " सेयर बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम " हाेटल गाेधुली लहानमा सम्पन्न भएको हो। यस कार्यक्रमका  प्रमुख अतिथि जिल्ला उधाेग वाणिज्य संघ सिरहा लहानका पूर्व अध्यक्ष तथा लायन्स क्लव अफ लहान सिटीका संस्थापक अध्यक्ष लहानका प्रतिष्ठित व्यवसायी अशाेक अग्रवाल रहनु भएको थियोे। त्यस्तै विशिष्ट अतिथिमा क्यान्सर रिलिफ साेसाइटी लहानका अध्यक्ष, जिल्ला उधाेग वाणिज्य संघ सिरहा लहानका निवर्तमान अध्यक्ष तथा राेटरी क्लव अफ लहानका निवर्तमान अध्यक्ष अशाेक लाल अमात्य  रहनु भएकाे थियाे। 

कार्यक्रमकाे प्रमुख प्रशिक्षक दिपशिखा धितोपत्र काराेबार कम्पनी प्रा.लि.लहानका शाखा प्रबन्धक शिवानन्द चाैधरी रहेका थिए। ४० जना सहभागीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा लहान सिटि जेसिज वर्ष २०२२ का अध्यक्ष कुमु चौधरी,निवर्तमान अध्यक्ष अजय जयसवाल,पुर्व अध्यक्ष राकेश झा,शंकर प्रसाद गुप्ता , जितेन्द्र चौधरी ,बसन्त साह,मानर्थ सदस्य  मनिस सारडा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,वर्ष २०२२ का पदाधिकारीहरु ,जेसिज सदस्यको उपस्तिथी रहेको थियो। कार्यक्रमका संयोजक नित्यानन्द साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको 
संचालन लहान सिटि जेसिज वर्ष २०२२ का महासचिव फिरोज शेखले गरेका थिए। लहान सिटि जेसिजले दिपशिखा धितोपत्र काराेबार कम्पनी प्रा.लि.लहानको सहकार्यमा कार्यक्रमको आयोजना गरेको थियो।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.