शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा खोइँछ भराई सुरु
आश्वीन १७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज १७ - 
लहानको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा आइतबार देखि खोइँछ भराई सुरु भएको छ।  सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गर्नेगर्दछन् ।यस्तै प्रसाद (लड्डु ) चढाउने कार्य पनि सुरु भएको जनाइएको छ। यसै बीच लहान ७ स्थित दुर्गा मन्दिरमा हिजो बाजागाजा,झाकि सहित फुलपाति भित्र्याउदै माता दुर्गालाई मन्दिरमा ल्याउने कार्य समपन्न हुनुका साथै कालरात्री माताको पुजाआराधणा गरि प्राणप्रतिष्ठा तथा नयन खाेलि पुजा सम्पन्न भएको छ " भने दुर्गा पूजा समिति तथा लहान नगरका भक्तजनहरू वाट पुुजामा गरिएको आर्थिक सहयोग तथा चढ़ाईएको सहयोगले यस वर्ष दुर्गा महारानीको लागि नव निर्मित सुनको चोकर २१६.९५ ग्राम अर्थात १८.६० तोलाको चोकर दुर्गा महारानीमा समर्पित गरिएको जनाइएको छ। बिजया दशमी सप्तमि तिथि अन्तर्गत हिजो बेलुका कुमारी भोजन पछि माताजिको सामुहिक आरती गरिएको थियो। 

बडादसैँको आज आठौ दिन मन्दिरमा भक्तजनको बिहानैदेखि खोइँछ भर्ने तथा लड्डु चडाउने भक्तजनहरुको भीड लागेको छ। बडादसैँको अवसरमा हिजो देखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस्त भएका छन् । 

लहानमा धुमधामका साथ मोहम्मद–डे मनाइयो
आश्वीन ११, २०८० | फिरोज शेख
लहान सहित देशभर बकर ईद पर्ब
असाड १४, २०८० | फिरोज शेख
आज ईद पर्व हर्षोल्लासका साथ मनाइँदै
बैशाख ९, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.