शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सहित तराई-मधेशमा छठ पर्वको तयारी सुरु,केराको माग उच्च
कार्तिक ११, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ कार्तिक ११ - 
दीपावली तथा भरदुतिया सके लगतै सिरहाको लहान सहित तराई-मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।लहानको खुट्टी खोला,लहान -३  लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालय स्थित रहेका पोखरी लगायत विभिन्न पोखरी,तालतलाउ संगै जलाशयका घाट लाई  व्यवस्थित तथा सजाउने कार्य शुरु भइसकेको लहान -८ का वडा अध्यक्ष श्याम साह भोरेभोर बताउनु हुन्छ। अध्यक्ष भोरेभोरका अनुसार दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई-मधेशका क्षेत्रमा आगामी आइतबार मनाइने छठका लागि केराको बिक्रि बढेको छ ।सूर्यदेवको अराधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, वासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ ।त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ति, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र चाहिन्छ । पर्वमा यी सामाग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रुपमा केरालाई नै मुख्य मानिन्छ । यस पर्वमा केरा सिंगै घरी नै चढाइन्छ ।अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरी मनाइने यो पर्वमा फलफूलको रुपमा मुख्य मानिने केराको माग अहिले मधेसमा उच्च छ।सिरहाको लहान बजार , धनगडी बजार ,गोलबजार , मिर्चैया लगायत विभिन्न हाट बजारमा मुख्यता फलहरु मध्ये केराले भरिएका छन् । व्यापारीका अनुसार यो पर्वमा जिल्लामा एक करोड रुपैयाँ भन्दा बढीको केरा कारोबार हुन्छ । केराको माग उच्च हुँदा उपभोक्ता भने महंगो मूल्य तिर्न बाध्य छन् । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.