शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला उधोग वाणिज्य संघ सिराहा आन्दोलित
कार्तिक १८, २०७९ | फिरोज शेख

फिरोज शेख २०७९ कार्तिक १८ - 
जिल्ला उधोग वाणिज्य संघ लहान सिरहा आन्दोलित भएका छन्। जिल्ला उधोग वाणिज्य संघ लहान,सिरहा तथा सिरहा जिल्ला भरीका सम्पूर्ण नगर संघ द्वारा राष्ट्र बैंकको कर्जा मार्गदर्शन २०७९ को निति तथा बैंकहरु द्वारा मनोमानी तरिकाले वढाईएको व्याज तथा शुल्कको विरोधमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुखलाई शुक्रबार विभिन्न मागहरु सहित  बुझाएका हुन्।  ध्यानाकर्षण पत्रमा " कोभिड महामारी पछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेको आर्थिक संकट तथा नेपाल राष्ट्र बैंकबाट जारि चालु पुँजी निर्देशिका २०७९ को कारण देश भरका उधोगी व्यवसायी तथा निजि क्षेत्र धारासायी हुने अवस्था सृजना भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा गरेको ढिला सुस्ती ,असुलीमा तागेता तथा चर्को ब्याज दरका साथै लिलामी प्रक्रिया अगाडी बढाएको कारणले उधोगधान्धा,कलकारखाना तथा अन्य व्यवसाय धमाधम बन्द भइरहेको अवस्था बारे उल्लेख गरिएको छ। त्यस्तै नेपाल सरकार,नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारको नीतिहरुलाई अविलम्ब सच्याई उधोग व्यवसायी मैत्री नीति निर्माण गर्न नेपाल उधोग वाणिज्य महासंघको माध्यमबाट सम्पूर्ण जिल्ला नगर उधोग संघका अनुरुप जिल्ला उधोग वाणिज्य संघ सिरहा लहान जोरदार माग गरेका छन्।

यस संघले विगतका दिन देखि यस विषयमा प्रधानमन्त्री,अर्थमन्त्री,नेपाल राष्ट्र बैंकका गभर्नर लगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण पत्र मार्फत बढाएको ब्याज दर फिर्ता र बढाउदै गरेको ब्याजदर तत्काल रोक्न अनुरोध गर्दै आएको जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले जानकारी दिए। अध्यक्ष सारडाका अनुसार यस संघको अनुरोधलाई वेवास्ता गर्दै बैंकहरुले निरन्तर महिनै पिच्छे मनपरी ढंगले व्याज बढाउने ,सेवा शुल्कको नाममा अनेकौ शुल्क लिई आर्थिक भार थप्ने,व्याज किस्ताको लागि मानसिक तनाव दिने लगायतका कार्यहरु लगातार भई रहेकोले उधोगी व्यवसायी र समग्र निजि क्षेत्रलाई बचाउनका लागि अभिभावक संस्था जिल्ला उधोग वाणिज्य संघ सिरहा लहान लगायत सिरहा जिल्ला भरिका नगर संघहरु बाध्य भएर विभिन्न मागहरु सहित चरणबद्ध रुपमा आन्दिलित हुने निर्णय गरेको बताए।

जारि गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका माग तथा आन्दोलनका कार्यक्रमहरुमा कर्जामा एक अंकको व्याजदर कायम हुनु पर्ने ,बैंकहरुले व्याज वाहेक कुनै किसिमको सेवा शुल्क तथा नवीकरण शुल्क लिन नपाउने ,बैंकहरुले सम्झौता भन्दा बढी लिएको सेवा शुल्क फिर्ता गर्नु पर्ने ,बैंकहरुले लिलामी प्रक्रिया अगाडी बढाएको तत्कालै स्थगित गर्नु पर्ने ,कर्जाको नवीकरण म्याद तिन बर्ष गर्नु पर्ने ,नेपाल राष्ट्र बैंकबाट मिति २०७९ कार्तिक १ गते देखि लगाएको चालुपुँजी कर्जा सम्बन्धि मार्ग दर्शन २०७९ खारेज गर्नु पर्ने ,बैंकहरुले व्याज दर परिवर्तनको सुचना सर्वसाधारण तथा व्यवसायीहरुको मोबाईलमा एस एम एस को माध्यमबाट जानकारी गराउनु पर्ने लगायतका रहेका छन्।

भने आन्दोलनका कार्यक्रमहरुमा २०७९ कार्तिक १८ गते विहान १० बजे जिल्ला प्रशासन कार्यलय सिरहामा ज्ञापन-पत्र बुझाउने ,दिउँसो १ बजे उधोग वाणिज्य संघ गोलबजारमा पत्रकार सम्मेलन गर्ने ,कार्तिक १९ गते बेंकर्स एसोशिएसन संग विहान १० बजे जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानमा छलफल गर्ने,कार्तिक २० गते जिल्ला बारी व्यापारिक प्रतिष्ठान १० बजे देखि १२ बजे सम्म बन्द गरि विरोध र्याली गरि कोणसभा आयोजना गर्ने ,कार्तिक २१ गते जिल्ला भरिका बैंकहरुमा विहान १० बजे देखि १ घण्टा प्ले कार्ड बोकी धर्नामा बस्ने ,कार्तिक २३ गते सम्म मागहरु सम्बोधन भएन भने बैठक बसी थप कडा आन्दोलनका कार्यक्रमहरु निर्धारण गर्ने  लगायतका रहेका छन्।
ज्ञापन पत्र बुझाउने क्रममा जिल्ला उधोग वाणिज्य संघ सिराहा लहान,मिरचैया ,सुखिपुर, सिरहा,धनगढीमाई नगर समितिका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.