शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज कमला नदीमा भूत मेला
कार्तिक २२, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ कार्तिक २२ - 
आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो ।घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने जनविश्वास रहेको छ । बर्सेनि धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि रहिआएको छ । त्यसैले यसलाई भूत मेला भन्ने गरिन्छ । आजका दिन नयाँ-नयाँ धामी झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुन हुने मान्यता छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गंगाजल जस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न कमला नदी किनारमा लाखौंको संख्यामा श्रद्धालुभक्तजन सहभागी भएका छन् ।

 

लहानमा धुमधामका साथ मोहम्मद–डे मनाइयो
आश्वीन ११, २०८० | फिरोज शेख
लहान सहित देशभर बकर ईद पर्ब
असाड १४, २०८० | फिरोज शेख
आज ईद पर्व हर्षोल्लासका साथ मनाइँदै
बैशाख ९, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.