शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा यामाहा सुलुटो म्यालेज च्यालेन्ज प्रतियोगिता सम्पन्न
मंसिर २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर २७ - 
सिरहाको लहानमा " यामाहा सुलुटो म्यालेज च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ। लहानमा अवस्थित एसएस अटो सेन्टर (यामाहा मोटरसाइकल शोरुम ) को आयोजनामा आयोजित यामाहा सुलुटो म्यालेज च्यालेन्ज प्रतियोगितामा २० जना सहभागी भएका थिए। एसएस अटो सेन्टरका संचालक संजिव साहको अध्यक्षता तथा एम ए डब्लु इन्टरप्राइजेज प्रालिका ओम नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगीहरु आ-आफ्नो यामाहा सुलुटो मोटरसाइकल सहित जिल्ला ट्राफिक प्रहरी कार्यलयको छेउमा अवस्थित एसएस अटो सेन्टर बाट सप्तरीको कल्याणपुर पुगेर पुनः लहान हुँदै धनगडीमाई नगरपालिकामा अवस्थित वाटिका टुरिजम प्रालिमा र्याली सहित पुगेका थिए। प्रतियोगीहरुले प्रयोग गरेको मोटरसाइकलको पेट्रोल र गुडिसकेको किलो मिटर संगै सम्पूर्ण विवरणहरु संग्कलन गरेर प्रतियोगितामा सहभागी गराइएको थियो। 

जस अन्तर्गत सहभागीहरुले प्रयोग गरेका यामाहा सुलुटो मोटरसाइकलको म्यालेज चेक गर्दा एक लिटर पेट्रोलमा सबैभन्दा बढी म्यालेजदिने मोटरसाइकल चालकहरुलाई विजयी घोषणा गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई पुरस्कारको वयवस्था गरिएको थियो ।प्रतियोगितामा प्रथम हुने शिव कुमार चौधरी ९५.१ किलोमिटर ,दोस्रो हुने देव कान्त साह ९५ किलोमिटर र तेस्रो हुने नविन पौडेलको मोटरसाइकलले ९२.२ किलोमिटर म्यालेज दिएको शोरुमका संचालक साहले बताए। प्रतियोगितामा विजय हुने तिनै जनालाई पुरस्कृत गर्नुका साथै सहभागी सबैलाई मायाको चिनोले सम्मान गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.