शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एवी मलको गोदाममा आगलागी हुँदा करोडौंको क्षति
माघ २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ २९ - 
सिरहाको गोलबजारमा अवस्थित मधेश प्रदेशकै पहिलो र एक मात्र एबी मल सिरहा सुपरमार्केट प्रा.लि.को गोदाममा आगलागीहुँदा करोडौं मूल्यको सामाग्री जलेर नष्ट भएको छ। गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको मलको गोदाममा आइतबार अपरान्ह विद्युत सर्किट सर्टभएर आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, फर्निचर,किचेन,इलेक्ट्रोनिक्सका सामाग्रीहरु जलेर नष्ट हुँदा पाँच करोड ५० लाख भन्दा बढीको क्षति भएको हो।आगलागीका कारण मलमा विक्रिका लागि ल्याईएका सवैभन्दा बढी मूल्यको कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनसहित पाँच करोड ५० लाखभन्दा बढीको सामानहरु जलेर काम नलाग्ने भएको मलका प्रमुख कार्यकारी अधिकृत पीन्टु राउतले जानकारी दिए।

उनले मिर्चैयाका र गोलबजारको मलमा विक्रिकोलागि ल्याइएका सामाग्री काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सरबर कम्यूटर, सीसीक्यामेरा लगायतका सामानपनि जलेको राउतले बताए। आगलागीका कारण गोदाम रहेको भवनमा पनि क्षति पुगेको र  गोदाममा रहेका सामाग्रीको प्राथमिक विवरणहरु आएपनि क्षतिको यकिन विवरण अझै संकलन गर्न बाँकी रहेको जनाए। विद्युत सर्टभएर आगलागी भएको हुनसक्ने गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले बताए। छिमेकीका एक व्यक्तिले गोदामभित्रबाट ठुलो आवाज आएको र त्यसको करिव आधाघण्टापछि गोदामबाट धुवाँ आउन थालेको भन्ने सूचना दिएकाले विद्युत सर्ट भएको हुनसक्ने प्रहरीको अनुमान छ। पटक पटकको प्रयासपछि आगो नियन्त्रणमा आएको बताउँदै इन्सपेक्टर केसीले क्षेतिको विवरण संकलन कार्यभईरहेको र घटनाबारे थप अनुसन्धान पनि जारि रहेको बताए। स्थानीय गोलबजर नगरपालिका, सिरहा नगरपालिका र लहान नगरपालिकाको दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.