शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दिपशिखा धितोपत्रको छैटो शाखा लहानमा
फाल्गुन १४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन १४ - 
दिपशिखा धितोपत्र कारोवार कम्पनीले आफ्नो छैटो शाखा मधेश प्रदेशको सिरहा जिल्लाको लहानमा एक कार्यक्रमका बीच शनिबार समुद्घाटन गरिएको छ। मुख्य कार्यलय काठमाडौं अनामनगर बाट सेवा दिँदै आएको ब्रोक्रर नं ३८ ले अब सिरहाको लहानबाट पनि आफ्नो सेवा शुरु गरेको हो ।लहानबाट सेवा सुरु भएसँगै अब यस क्षेत्रका लगानिकर्ताले शेयर खरिदबिक्री गर्नको लागि राजधानी वा बिराटनगर जानु पर्ने समस्याको अन्त्य भएको छ । सो शाखाबाट अनलाइन कारोबार, डिम्याट खाता खोल्न र बन्द गर्न शेयर अभौतिकरण गर्न,मेरो शेयर जस्ता सेवा उपलब्ध हुने छन् ।

कार्यक्रमका प्रमुख अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरी, विशिष्ट अतिथिहरु लहान नगर उपप्रमुख राम चलितर महतो ,जिल्ला उधोग वाणिज्य संघ सिरहाका निवर्तमान अध्यक्ष अशोक लाल अमात्य ,लहान ८ का वडा अध्यक्ष श्याम साह भोरे भोर ,नेपाल पत्रकार महासंघ सिरहा जिल्ला सभापति मनोज बनैता , लहान सिटि जेसिजका अध्यक्ष तथा संचारकर्मी फिरोज शेख ,ब्यानकर्स एसोशिएसनका अध्यक्ष राम प्रमोद यादवलगायतले शुभकामना मन्तव्य राख्दै यस क्षेत्रमा ब्रोक्ररको आगमनसँगै नेपाली पूँजी बजारमा सिरहा बासीको राम्रो उपस्थिती हुने विश्वास व्यक्त गर्दै प्राथमिक बजारका बिषयमा पनि न्युन जानकारी भएका यस क्षेत्रका लगानीकर्तालाई ब्रोक्ररको शाखा आगमनले दोस्रो बजारका बिषयमा पनि धेरै जानकारी प्राप्त गर्न मद्दत हुने बताउदै विभिन्न संघ संस्थाहरु संग सहकार्य गरेर शेयर बजार सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्नु पर्ने कुरामा जोड दिए। 

यसै चिच उद्घाटन समारोहको अध्यक्षता गर्नु भएका दिपशिखा धितोपत्र कारोवार कम्पनीका संचालक बिष्णु राज ओझाले यस शाखाबाट यस क्षेत्रका लगानीकर्ता लाई उत्कृृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने कुरा जानकारी दिए, साथै निकट भबिष्यमा मधेश प्रदेश तथा देशका अन्य शहरहरुमा पनि शाखा बिस्तारको योजना रहेको समेत जानकारी गराए । विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा प्रमुखको उपस्तिथिमा सम्पन्न समुद्घाटन कार्यक्रमको संचालन दिपशिखा धिताेपत्र काराेबार कम्पनी प्रालि शाखा कार्यलय लहानका शाखा प्रमुख शिवान्नंद चौधरीले गर्नु भएको थियो। भने स्वागत मन्तव्य कम्पनीका अध्यक्ष दिपक राज ओलीले राख्नु भएको थियो। 

कामधेनु बचत तथा ऋण सहकारीको आयोजनामा
चैत्र ९, २०७९ | सरगम खबर समाचारदाता
दिपशिखा धितोपत्रको छैटो शाखा लहानमा
फाल्गुन १४, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.