शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको होलि मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न ,तराईं–मधेशमा
फाल्गुन २३, २०७९ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७९ फागुन २३ - 
सिरहाको लहानमा होली मिलन तथा शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न भएको छ। लहान सिटि जेसिज शाखाको आयोजनामा रंगैरंगको पर्व होलीको पुर्व सन्ध्यामा होली मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको हो। लहान सिटि जेसिज वर्ष २०२३ का अध्यक्ष फिरोज शेखको अध्यक्षता तथा मधेश प्रदेशका प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य ललिता दास बिद्रोही, लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोको विशिष्ट आतिथ्यतामा होली मिलन कार्यक्रम सोमबार बेलुकी जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको सभा हलमा सम्पन्न भएको हो।
 
कार्यक्रममा लहान सिटि जेसिजका संस्थापक अध्यक्ष बसन्त साह,बोर्डका पदाधिकारीहरु, मानार्थ सदस्य प्रतिभा गिरि, उमेश साह ,पूर्वाध्यक्ष चुडामणि गुप्ता,शंकर प्रसाद गुप्ता, विकाश सारडा, बसन्त साह ,अजय जयसवाल लगायत जेसिज सदस्यहरूको सहभागीता रहेको थियो ।  कार्यक्रममा रंगैरंगको पर्व होलीको पावन अवसरमा शुभकामना आदानप्रदान व्यक्त गर्दे एक आपसमा रङ्ग लगाई नाचगान गरि उत्सव मनाइएको हो।  रङहरूको पर्व होली सोमबार देशका पहाडी भू–भागमा मनाइएको छ भने आज लहान सहित तराईका भू–भागमा मनाइदै छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा होली रङ्गहरूको चाड हो । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको किवदन्ती रहेको जिकिर गर्दै मिथिलामा होलीको मौलिकता हराउदै गएको भन्दै लहान सिटि जेसिजले शाखाहरु संग सहकार्य गरि मिथिलाको संस्कृति जोगाउन र लागु औषधमा लागेका युवाहरुलाई कुलत बाट मुक्ति दिलाउन लागु औषध विरुद्धको अभियान चलाउनुका साथै १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुको विश्व विधालयको रुपमा स्थापित जेसिजले युवाहरुको नेतृत्व विकास र व्यक्तित्व विकासका लागि विभिन्न किसिमका तालिमहरुको आयोजना गर्नु पर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए। 

यसै बिच कार्यक्रमका सभा अध्यक्ष फिरोज शेखले आफु वर्ष २०२३ का लागि पदभार ग्रहण गरे देखि नै लागु औषध विरुद्धको अभियानलाई अगाडी बढाइ सकेको बताउनुहुँदै रेडियो सरगम ९३ मेगाहर्ज बाट लागु औषध विरुद्धको जनचेतना मुलक सुचना निरन्तर प्रसारण भैरहेको  जानकारी गराउदै आगामी दिनमा स्थानीय सरकार ,प्रदेश सरकार,जिल्ला प्रसाशन कार्यलय ,जिल्ला प्रहरी कार्यलय ,इलाका प्रहरी कार्यलय लगायत सरोकारवालाहरु संग सहकार्य गरि लागु औषध विरुद्धको विभिन्न जनचेतना मुलक कार्यक्रम तथा युवाउत्थानका लागि विभिन्न  तालिमहरुको आयोजना गर्ने प्रतिबध्ता जनाउदै यस अभियानमा सबैलाई आ-आफ्नो स्तर बाट सहयोग गर्न आग्रह गर्दै होलीको शुभकामना सहित होलि पर्व हिन्दुहरुको पर्व मात्र नभई सबै समुदायको साँझा पर्व हुने गरि अभियान चलाउनु पर्ने कुरामा जोड दिए। लहान सिटि जेसिज वर्ष २०२३ का तालिम निर्देशक देवनलाल ठाकुर द्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष अमरेश कुमार महतोले स्वागत मन्तव्य राखेका थिए "भने जेसिज आस्थापाठ जेसिज सदस्य नविन गोसाई र जेसिज मिसन एण्ड भिजन आदित्य सहनीले वाचन गरेका थिए। कार्यक्रमको संयोजक लहान सिटि जेसिज वर्ष २०२३ का मिडिया डाइरेक्टर शैगेंद्र साह रहेका थिए। कार्यक्रम व्यवस्थापनमा लहान सिटि जेसिज वर्ष २०२३ का अध्यक्ष्य सल्लाहाकार पुर्व अध्यक्ष वसन्त साह तथा बोर्ड सल्लाहाकार पुर्व अध्यक्ष अजय जयसवालले मुख्य  भूमिका निर्वाह गरेका थिए। 


यसै बीच तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ ।तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीका बेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ । रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन् ।पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलीका भष्म भएको सम्झनामा होली मनाइन्छ । ​यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ । यी प्रसङ्गलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ । होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.