शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कामधेनु बचत तथा ऋण सहकारीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
चैत्र ९, २०७९ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७९ चैत ९ - 
कामधेनु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानको आयोजनामा सप्ताहव्यापी ‘ग्लोबल मनी वीक–२०७९’ अन्तर्गत यूवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।कामधेनु वचत तथा सहकारी संस्था लि. लहानका संचालक समिति अध्यक्ष धरणिधर अधिकारीको अध्यक्षता तथा नेफस्कन (एनइीएफएससीयूएन) लहानका कार्यालय प्रमुख संजय कुमार कर्णको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।संस्थाका सचिव एवं  उपप्राध्यापक चक्रपाणी दहालले कार्यक्रम संचालन गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने कामधेनुका संचालक समिति सदस्य साज कुमार आलेले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।लहान नगरपालिका महिला तथा सहकारी शाखा प्रमुख अन्जना कुमारी साहले   नगरपालिकाले महिलाहरुको हकहित  तथा सहकारी संस्थाहरुको व्यवस्थापनका विषयमा निर्धारण गरेका नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी दिदै वित्तीय साक्षरताको महत्वको बारेमा समेत चर्चा गर्नु भएको थियो ।

लहान एभरेष्ट कलेजका करीब ६० विद्यार्थी सहभागी युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा उपप्राध्यापक शोभा रौनियारले सहकारी संस्था र प्रमुख अतिथी संजय कुमार कर्णले वित्तीय साक्षरताका बारेमा विषयगत प्रस्तुति दिनुभएको थियो ।खुलासत्रमा विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको चक्रपाणि दहाल, संजय कुमार कर्ण र धरणिधर अधिकारीले प्रष्ट्याउनु भएको थियो ।वित्तीय साक्षरता तथा सहकारी संस्थाको विषयवस्तुलाई थप प्रष्ट पार्दै कार्यक्रम आयोजना गर्न सहयोग तथा समन्वय गर्ने सम्पुर्ण पक्षहरूलाई धन्यवाद ज्ञापन सहितको अध्यक्ष धरणिधर अधिकारीको मन्तव्य पश्चात कार्यक्रम समापन भएको थियो ।कार्यक्रममा संचारकर्मी रमिता नेपाल, एभरेष्ट कलेजका शिक्षक–कर्मचारीहरु,  कामधेनुका सदस्रय एवं कर्मचारी लगायत करीब ८० जनाको उपस्थिति रहेको थियो।


 

कामधेनु बचत तथा ऋण सहकारीको आयोजनामा
चैत्र ९, २०७९ | सरगम खबर समाचारदाता
दिपशिखा धितोपत्रको छैटो शाखा लहानमा
फाल्गुन १४, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.