शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न
बैशाख ७, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० बैशाख ७ - 
युथ मुस्लिम वेलफेयर सोसाइटी नेपालको आयोजनामा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न भएको छ। इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।युथ मुस्लिम वेलफेयर सोसाइटी नेपालको अध्यक्ष इसराइल सिद्दिकीको  सभापतित्वमा लाहान ५ स्थित बाख्रा बजारमा बुधबार साँझ कार्यक्रम सम्पन्न भएको हो। इफ्तार कार्यक्रम लहान ५ का वडा अध्यक्ष अब्दुल करिम , लहान सिटि जेसिजका अध्यक्ष तथा संचारकर्मी फिरोज शेख ,संचारकर्मी फिरोज सिद्दिकी,नेकपा एमालेका नेता रियासत लिमि मुन्ना  मुस्लिम समाजका अगुवा युवाहरु फैज आलम, हासिम राइन लगायत दर्जनौ इस्लाम धर्मावलम्बीहरुको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.