शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सहित देशभर बकर ईद पर्ब मनाइदै
असाड १४, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असर १४ - 
इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) बिहिबार लहान सहित देशभर मनाइँदैछ । इस्लाम धर्मावलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गर्छन् । इस्लाम धर्मावलम्बीले आजका दिन बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । लहान र यस आसपासका मुस्लिम बाहुल्य क्षेत्रमा पनि विहिबार बकर इद पर्बको चहल पहल देखिको छ । लहानको रघुनाथपुर , शोभापुर , छरापट्टि , गोविन्दपुर , गोर्छारी लगायतका टोलहरुमा बिहानै देखि बकर ईद पर्वको रौनक छ ।

बकर इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। पशुबलीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने इस्लामको धार्मिक मान्यता छ।धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्।सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गर्छन् ।हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लाम धर्मावलम्बी बताउछन् । बकर ईद पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.