शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला कृषि विकासको काम आर्थिक लाभमा केन्द्रित रहेको कृषक महासंघको
फाल्गुन १८, २०७३ | सरगम खबर समाचारदाता

परशुराम साह - 
सिरहा, १८ फाल्गुन । राष्ट्रिय कृषक समूह महासंघका सिरहा जिल्ला अध्यक्ष मुक्ति नारायण यादवले जिल्ला कृषि विकास कार्यालय सिरहाका कर्मचारीहरु अपारदर्शी किसिमबाट कार्यक्रम सञ्चालन गरी आर्थिक लाभ लिने गरेको आरोप लगाएका छन् । जिल्ला कृषि विकास कार्यालय सिरहाद्धारा बुधबार आयोजना गरिएको जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको उद्दघाटन सत्रमा बोल्दै महासंघका अध्यक्ष यादवले कृषि कार्यालयमा निष्ठापूर्वक काम गर्ने कर्मचारीको तुल्नामा लुटेर खानेको संख्या बढी रहेकोले राज्यले कृषि विकासका लागि लगानी गरे बमोजिमको प्रतिफल प्राप्त नभएको आरोप लगाए । कृषिको कार्यक्रमलाई जवाफदेहीतामा अधारीत पारदर्शी ढंगबाट सञ्चालनका लागि आफूहरु समन्वय तथा सहकार्य गर्न खोजे पनि कर्मचारीहरु आफूहरुबाट टाढीन खोजेको यादवले बताए । 

२०७० माघबाट महासंघले सिरहाको २७ गाविसमा समुह गठन गरी कार्य गरे पनि कार्यालयले हालसम्म आफूहरुसंग समन्वय नगरेको आरोप लगाउदै यादवले जिल्ला कृषि विकास कार्यालयले राज्यको निती विपरीत कार्य गर्ने गरेको आरोप समेत लगाए । जिल्ला कृषि विकास कार्यालय सिरहाका निमित प्रमुख फुलगेन यादवको अध्यक्षता तथा जिल्ला पशु सेवा कार्यालय सिरहाका प्रमुख डा. काशीनाथ यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कृषि मेला प्रदर्शनीको उद्दघाटन शत्रमा विशिष्ट अतिथीका रुपमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमल देव यादव, जिल्ला विकास समिति सिरहाका योजना अधिकृत बासुदेव यादव र सिचाई डिभिजन कार्यालयका प्रमुख मोहन बाबु यादव लगायत विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी, किसान, महिला, पुरुष, विद्यार्थी, बुद्धिजिवी सहभागि थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.