शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जलवायू अनुकुलन कार्यक्रम समूहको आवश्यकता र मांगको आधारमा हुने

8 Views

चैत्र ७, २०७३ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, ७ चैत्र । जिल्ला कृषि विकास समितिले सिरहाको सुख्खा क्षेत्रमा जलवायू अनुकुलन गाउँ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय विकास अधिकारी सुरेश राउतको अध्यक्षतामा सोमबार सिरहामा वसेको जिल्ला कृषि विकास समितिको बैठकले धनगढीमाई नगरपालिका र बिष्णुपुरकट्टी मोर्लेनी गाविसमा निर्मल कृषक समूह सुख्खा क्षेत्र रहेकोले सो क्षेत्रमा जलवायु अनुकुलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिको सदस्य समेत रहेको जिल्ला कृषि विकास कार्यालय, सिरहाका वरिष्ठ कृषि विकास अधिकृत डा. राम चन्द्र यादवले बताएका छन् । समितिले जलवायू अनुकुलन गाउँ कार्यक्रम कार्यान्वयन गर्नको लागि जिल्ला कृषि विकास कार्यालय सिरहाका वागवानी विकास अधिकृत विन्देश्वर यादवलाई कार्यक्रमको फोकल पर्सन तोकी वातावरण विभागको जलवायू अनुकुलन गाउँ कार्यक्रम कार्यान्वयन गर्दा समुहको आवश्यकता र मांगको आधारमा गर्ने निर्णय भएको अधिकृत यादवले बताएकाछन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.