8 Views
रुनकेश कामती -
सिरहा १५ चैत्र । सिरहा नगरपालिका वडा नम्बर १० नरैहिया एक कार्यक्रम विच खुला दिसामुक्त वडाको रुपमा घोषणा भएको छ । ५५७ घरधुरी रहेको यस वडामा सतप्रतिशत घरमा सौचालय प्रयोगमा आएको भन्दै खुलादिसामुक्त वडा घोषित गरियो । कार्यक्रमका अध्यक्ष सिरहा नगरपालिकाका कार्यकारी अधिकृत ईन्द्रदेव यादवले खुला दिसामुक्त वडा घोषणा गरिएको प्रमाणपत्र वडा नागरिक मंचका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।
नगर स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सिरहाको आयोजनामा आयोजित घोषणा सभामा नेपाल रेडक्रस सोसाइटीका सभापति राजदेव यादव, जिल्ला समन्वय समितिका योजना अधिकृत बासुदेब यादव, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत कमलदेव यादव, नेपाल पत्रकार महासँघका अध्यक्ष देव कुमार यादव, पत्रकार सुरेन्द्र कामती, नेपाली कांग्रेसका नेता धनिराम मुखिया, संघिय सभाजवादी फोरम नेपालका स्थानीय नेता युगल किशोर कामती, शिक्षक कमलेश कर्ण लगायतले शुभकामना दिएका थिए । खुला दिसामुक्त वडा घोषणा भएपछि अब पूर्ण सरसफाई तर्फ अग्रसर हुनुपर्ने वक्ताहरुको भनाई थियो । खुला दिसामुक्त वडा घोषणामा भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।सिरहा नगरपालिकाको वडा नम्बर ३ मखनाहा, ४ रमौल, ५ मानपुर, ११ भलुवाही, १२ सारस्वर, १३ मल्हनिया गम्हरिया, १५ खिरौना र १६ माडर खुला दिसामुक्त वडाको रुपमा घोषणा भैसकेको छ ।