शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
साप्ताहिक सरसफाईको एक वर्ष पुरा
चैत्र १६, २०७३ | सरगम खबर समाचारदाता

सन्तु कुमार कामती सिरहा, १६ चैत्र । 
किलिन सिरहा ग्रिन सिरहा मूल नाराका साथ् सुरु भएको साप्ताहिक सरसफाई अभियानले एक वर्ष पूरा गरेको छ । जिल्ला सदरमुकाम सिरहामा रहेको सिरहा नगरपालिका केन्द्रित यस सरसफाई अभियानले ५४ हप्ताको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय विभिन्न व्यक्ति र संघसंस्थाको समन्वयमा सुरु गरिएको सरसफाई साप्ताहिक अभियान अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायको सहभागिता समेत रहँदै आएको छ । सदरमुकाम सिरहामा रहेको श्री नयाँ गोरख गणबाट खटिएका नेपाली सेनाका जवानहरुले वृहत सरसफाईको अवसरमा उत्साहका साथ सहभागी भएका छन् । अभियानमा युवा कल्व, संघसंस्था र सरकारी निकायका कर्मचारीहरुको पनि सहभागिता रह्दै आएको छ । अभियानको एक वर्षको अवसरमा जिल्ला प्रशासन कार्यालय र सिरहा नगरपालिका छेउमा रहेको ऐतिहासिक दुर्गा पोखरी पूर्ण तया सफा बनाउने प्रयास भएको छ । फोहर कारणले प्रदुर्षित बनेको पोखरी सफा भएको छ । स्वच्छ वातावरणको लागि जोड दिने अभिप्रायले अभियानले गति पाएको सहभागीहरुको भनाई छ ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.