शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कृषकहरुलाई आधुनिकीकरण तरिकाबाट खेती गर्न सुझाव
चैत्र १७, २०७३ | सरगम खबर समाचारदाता

जागेश्वर यादव÷लहान १७ चैत्र - 
भनिन्छ नोकरीमा सरकारी खेतीमा तरकारी भनेझै सिरहाको दक्षिणवर्ती क्षेत्रमा रहेको नवगठित गाउपालिका लक्ष्मीपुर पतारीका कृषकहरुलाई आधुनिकीकरण तरिकाबाट खेती गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । कृषि खेती तराई मधेशको मुख्य आम्दानीको श्रोत रहेको हुदा पहिलेकै अबस्थामा कृषि खेतीमा लगानी गरे सोचे अनुसार उपलब्धी नहुने एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । पहिले भन्दा अहिले माटो कमजोर र गुणस्तरहीन दिनानुदिन हुदै गएकोले अबका दिनमा कृषि खेती आधुनिक तरिकाबाट गर्नुको विकल्प नभएको नवगठित लक्ष्मीपुर पतारी गाउपालिकाका निम्ति कार्यालय प्रमुख सत्यनारायण चौधरीले वताए । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत गठन भएका मानव अधिकार निगरानी समुह महेशपुर पतारी गाविसले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पुर्वाञ्चल क्षेत्रिय कार्यालय विराटनगरको आर्थिक सहयोगमा कृषकहरुका लागि आधुनिक कृषि खेती सम्बन्धी दुई दिने तालिमको उद्घाटन सत्रका प्रमुख अतिथी समेत रहेका निम्ति प्रमुख चौधरीले मानवअधिकार संगै खाद्य अधिकारलाई मजवुत वनाउनका लागि कृषिमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक सवल र मानवविय विकास पनि समाजको लागि जरुरी रहेको वताउनुभयो ।

 कृषिमा लगानी गर्नका लागि कृषकहरुसंग आवश्यक प्राविधिक ज्ञान सिप प्रदान गर्नका लागि इन्सेकले माग अनुसारको तालिम आयोजना गरेको प्रति धन्यवाद ज्ञापन गरेका थिए । तालिममा स्वास्थ्य चौकी महेशपुरका प्रमुख विवेक कुमार चौरसियाले मानवको मानव अधिकारको रक्षा गर्नका लागि खाद्य अधिकार महत्बपुर्ण विषय रहेकोले कृषि क्षेत्रलाई कृषकहरुले प्राथमिकताका साथ लिनुपर्नेमा जोड दिनुभयो । मानवको आधारभुत आवश्यकता मध्येका एक कृषि क्षेत्रलाई राखिएको हुदा कृषिमा लगानी गर्न कुनै कसर वाकी नराख्न समेत सुझmाव दिनुभयो ।  कृषकहरुको सहकार्य र वजार व्यवस्थापनमा स्थानीय निकायले ध्यानदिनुपर्ने वताए । कृषि वजारको व्यवस्था नहुदा कृषकहरुले उचित मुल्य नपाउनुले पनि कृषि खेतीतर्फ आर्कषण न्युन रहेको वहाले वताउनुभयो । तर्सथ स्थानीय निकायको सहकार्यमा कृषि वजार व्यवस्थापनलाई मुख्य एजेन्डा वनाउन सुझाव दिनुभयो । 

तालिममा इन्सेक सिरहाका जिल्ला सहजकर्ता जागेश्वर यादवले तालिमको उदेश्य र कृषि आधुनिकीकरण गर्नका लागि स्थानीय तहदेखि जिल्ला तहसम्म पहलको लागि इन्सेकले पहल गर्ने र अधिकार संगै खाद्य अधिकारको क्षेत्रलाई विशेष प्राथमिकताका साथ क्रियाकलपाहरु संचालनमा सहयोग गर्ने वताए । मानवअधिकार निगरानी समुह महेशपुर पतारीका संयोजक बिद्यादेवी साहकोे अध्यक्षतामा संचालन भएको तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथी लक्ष्मीपुर पतारी गाउपालिकाका निम्ति प्रमुख सत्यनारायण चौधरी,अतिथी स्वास्थ्य कार्यालय महेशपुरका प्रमुख विवेक चौरसिया राजनैतिक दलका प्रतिनिधि,संघसस्थाका प्रतिनिधि लगायतका ३५ जनाको सहभागिता रहेको छ । उतm तालिमको सहजिकरण ओरेका नेपाल लहानका सहायक अधिकृत कृषि प्राविधिक अजविन दनुवारले गरिहेका छन् । तालिम शुत्रबार सम्म चल्ने आयोजकले वताएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.