शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गाउँले कृषि सहकारीको संचालन तथा उद्घाटन कार्यक्रम सम्पन्न
बैशाख १३, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख १३ - 
गाउँले कृषि सहकारी संस्था लिमिटेड धनगडीमाई  नपा.२ भवानीपुर् सिरहाको कार्यलय संचालन तथा उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष उपेन्द्र प्रसाद साहको अध्यक्षता आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि धनगडीमाई नपाका कार्यकारी अधिकृत रामहरी शर्माले सहकारीको उद्घाटन गरेका हुन् ।  किसनाका घर घरमा उत्पादन हुने कृषिसंग जोडिएका सामाग्रीहरुलाई एकिकृत गरि बजार सम्म पु¥याई किसानहरुलाई ब्यवायीक बन्न प्रेरित गर्ने संस्थाले उदेश्य लिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामहरी शर्माले गाउँगाउँमा सहकारीका माध्ययमवाट कृषि क्षेत्रमा आधुनिकिरण ल्याउनुपर्ने बताए । 

उनले कृषि क्षेत्रमा आधुनिकिकरण ल्याउन सकेमात्रै किसानको जीवन स्तरमा सुधार आउने र देश पनि विकासको बाटोमा लाग्ने बताए । कृषि क्षेत्रमा विकास गर्न सकेमात्रै देशको विकास हुने भन्दै उनले कृषिमा विकास ल्याउनका लागी परम्परागत प्रणलीलाई छाडि आधुनिकिकरण तर्फ लाग्नुपर्ने बताए । यसका लागी गाउँघरमा भएका सहकारी संस्थाहरुले ठुलो भुमिका निर्वाहा गर्न सक्ने उनको तर्क थियो ।कार्यक्रमा सहभागी राजनीतिक दलका प्रतिनिधी ,संघ संस्था का प्रतिनिधि , स्थानीय वासी , वुद्धिजीवि , नागरिक समाज लगायत संचारकर्मीहरुले  कृषि सहकारी संस्था संचालन भएकोमा खुशि ब्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए । उनिहरुले सहकारीले किसानहरुका उत्पादनहरुलाई प्रवर्धन गर्न र ब्यवसायिक कृषिमा लाग्नका लागी प्रेरित गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताउदै स्थानिय स्तरमा अझैपनि कृषि प्रणलीमा आधुनिकिकरण आउन नसकेको भन्दै यसमा गाउले कृषि सहकारीले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए । संस्थाले किसानहरुलाई तरकारी खेती, पोखरी निर्माण, व्यापार व्यवसाय लगायतका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.