शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रचण्ड गर्मीले जनजीवन कष्टकर
जेठ ७, २०७४ | फिरोज शेख

फिरोज शेख २०७४ जेठ ७। पछिल्लो पटक सिरहा  सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक गर्मीका कारणले यहाँका जनजीवन आक्रान्त बनेको छ ।एका बिहानैदेखि प्रचण्ड गर्मी हुँदा खासगरी दैनिक मेहनत मजदुरी गर्नेहरुलाई धेरै नै समस्या खेप्नुपरीरहेको छ । प्रचण्ड गर्मीका कारणले गर्दा ठेला ,रिक्सा चलाउने तथा दैनिक मेहनत मजदुरी गर्नेहरुलाई प्रचण्ड गर्मीका कारणले दिनभरी कामकाज गर्न नसकिने भएपछि ति निमुखा गरीबक जनताहरुलाई दैनिकी गुजारा गर्नमा धोधौ भईरहेका छन । अत्यधिक गर्मीका कारण सिरहाको लहान , धनगडी , गोलबजार , मिर्चैया , सिरहा सहित जिल्लाका अन्य ग्रामिण भेगका स्वास्थय संस्थाहरुमा बिरामीको संख्यामा समेत निकै बृद्धि भएका छन भने प्रचण्ड गर्मीका कारणले स्थानीय बजारमा चिसो तथा पेयपदार्थको विक्रि वितरणमा समेत बृद्धि भएको स्थानीय ब्यापारीहरुको कथन छ । 

यस्तै प्रचण्ड गर्मीमा भविष्यका कर्णाधार मानिने बालबालिकाहरुलाई यस्तो गर्मीमा पठन पाठनमा निकै समस्या खेप्नुपरीरहेको अवस्था देखिन्छ । खासगरी दिउँसो हुने अत्यधिक गर्मीका कारणले सर्वसाधारणहरुको बजारमा चहल पहमा समेत निकै कमि देखिन्छ । प्रचण्ड गर्मीमा पटक पटक विद्युत बत्ति जाँदा सिरहाका बजारहरु सहित ग्रामिण भेगका सर्वसाधारणहरुको जनजीवन निकै कष्टपुर्ण बित्तिरहेका छन । तसर्थ पछिल्लो एक सात्तादेखि सिरहा सहित तराईका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक गर्मीले सर्वसाधारणहरुको जनजीवन कष्टकर बन्न पुगेकाले गर्मीबाट जोगिन तथा स्वास्थ्य रहनका लागि सबै जना जागरुक हुनुपर्ने जरुरी रहेको देखिन्छ ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.