शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उन्नत धानको बीउ वितरण हुदै
जेठ २५, २०७४ | सरगम खबर समाचारदाता

रुनकेश कुमार कामती -
सिरहा, २५ जेष्ठ । जिल्ला कृषि विकास कार्यालय सिरहाले जिल्लाका धानको उत्पादन बढाउने उदेश्यले अनुदानमा उन्नत जातका धानको बीउ वितरण सुरु गरिएको छ  । सिरहा जिल्लामा ७५ प्रतिशत अनुदानमा उन्नत (राम धान, ललका बासमती, सुखा ३ र सम्भा मन्सुली) जातका धानको बीउ वितरण कार्यक्रम अनुसार जिल्ला भरीमा २० मेट्रिकटन वितरण गर्न १४ सेवा केन्द्र र जिल्ला कृषि विकास कार्यालय सिरहाबाट १६ रुपैया प्रतिकेजीका दरले भैरहेको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. रामचन्द्र यादवले बताएका छन् ।प्रमुख यादवका अनुसार जिल्ला भरीमाजिल्ला कृषि विकास कार्यालय तथा लहान, खिरौना, बिष्णुपुर, मिर्चैया, गोलबजार, धनगढी, इटाटार, सुखिपुर, भगवानपुर, अर्नमा, कल्याण लगायत १४ सेवा केन्द्रबाट उन्नत जातका बीउ वितरण भैरहेको बताए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.