शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाली किसान भारतीय बजारमा आश्रित
असाड ७, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,७ असार ।सप्तरीका किसानहरु खेती गर्न भारतीय रसायनिक मल, विउमा निर्भर छन् ।वर्षा प्रारम्भ भएको समयमा धान खेती गर्न किसानले भारतीय सिमा नजिकको भारतीय बजारबाट विउ विजन ल्याएर खेती गर्न बाध्य भएका हुन् ।नेपालमा सहुलियत दरमा खेतीका लागि सरकारले गुणस्तरीय विउ उपलब्ध गराउन नसकेका कारण स्थानीय बजारमा ब्यापारीहरुले गुणस्तरहिन मल ल्याएर महगोंमा बिक्री वितरण गर्ने गरेको कृषकहरुले बताउँछन ।समयमा खेती गर्न नेपाली बजारमा राम्रो बिउ नपाएर छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुरबाट ल्याएर खेती गर्न बाध्य रहेको गा.विस. झल्ही फर्सैठ–७ का निवासी कृषक रामेश्वर यादवले आफ्नो पिडा पोखेका छन् ।यसैगरी वरहीविरपुर–७ का कृषक वौवालाल यादवले समेत विउका कारण भारतीय बजार धाउनु परेको बताउँदै भारतीय सिमा क्षेत्रमा रहेको एस.एस.वी. लगायतका प्रहरीले समेत आफूहरुको व्यथा सुनेर सहज रुपमा विउ विजन ल्याउन दिए पनि नेपाली सिमा क्षेत्रमा खटिएका प्रहरीले दुःख दिने गरेको बताउनुभयो ।

यसैगरी एक अर्को किसानले नाम नबताउने शर्तमा भारतबाट विउँ लिएर आउँदा नेपाली प्रहरीले रकम माग गर्ने गरेको बताउँदै स्थानीय ब्यापारीहरुले कमसल विउँ विजन दिएर ठगि गर्दा समेत सरोकारवाला निकाय जिल्ला प्रशासनको मौनताले आफूहरु थप मारमा परेको गुनासो पोखेका छन ।
यता धर्मी हल्का कल्वका अध्यक्ष एवं समाजसेवी इजिन्यिर सूर्य नारायण यादवले तत्काल विउ विजन उपलब्ध गराउने कार्यमा स्थानीय प्रशासन र सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउँदै किसानलाई ठगि गर्न हतारीएका ब्यापारीहरुलाई समेत कानुनी कार्वाहीको दायरा भित्र ल्याउनुपर्ने बताउनुभयो ।किसानको देश भनेर चिनिने नेपालका कृषकहरुले अहिले पनि मल, विउ, विजन र प्राविधिक सेवा सल्लाहका लागि दुःख भोगी रहनुपर्ने नियति नै देखिएको र यसलाई सरकारले पनि कमिशन र भ्रष्टाचारको आडमा पृष्ट पोषण गर्दै जाने हो भने एक दिन भोकमरीको सामना गर्न र विदेशी खाद्यान्न खान नेपाली थप विवश हुने विचार सरोकारबालाहरुको रहेको छ ।

त्यसैगरी खेती सिजनमा यहाँका किसानहरुलाई सहुलियत दरमा विउ विजन नपाउँदा चिन्तित बनेका छन् ।गर्मीसँगै आएको वर्षाले किसानहरुलाई खेतीका लागि विउ विजन छर्ने बेलामा स्थानीइ बजारमा विउ नपाउँदा छिमेकी भारतबाट यहाँका किसानहरु विउ विभजन ल्याउन बाध्य भएका छन्।स्थानीय किसानहरुका अनुसार यहाँ विउ भेटाउँदैन भेटेपनि महँगो पर्ने भएकाले ३० किलोमिटर टाढा भारतको सुपौल जिल्ला अन्तर्गत भिमनगरबाट विउ ल्याएर छर्केको बताउँछन ।यहाँका अधिकांश किसानहरुको यस्तै पिडा अहिले विउ छर्ने सिजनमा रहेको छ। एकातिर मल खाद्यको खेती सिजनमा समस्या उत्पन्न हुन्छन भने हाल आएर विउको समस्याले हजारौं किसानहरु चिन्तित बनेका छन् ।राज्य तथा सम्बन्धित पक्षले समेत किसानहरुलाई केही सहयोग नगरेकोमा देखेसो पोखेका छन् ।

यता नेपालमा सस्तो दरमा मल खाद्या नपाउँदा यहाँका किसानहरु बाध्य भएर वर्षेनी छिमेकी भारतको विभिन्न स्थानबाट मल खाद्य र विउ विजन ल्याउन बाध्य भएका छन् । स्थानीय किसानहरु छिमेकी सिमावर्ती भारतको विभिन्न स्थाबाट मल खाद्य, विउ विजन ल्याउन जाँदा सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र र जनपद प्रहरीले किसानहरुलाई दुःख दिने गरेको गुनासो स्थानीय कृषकहरुले रहेको छ । किसानहरुको समस्या प्रति सरकार तथा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.