शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धान ब्लक विकास समितिलाई कृषि उपकरण प्रदान

8 Views

असाड ३१, २०७४ | सरगम खबर समाचारदाता

सिरहा २०७४ असार ३१ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना अन्तर्गत सिरहाका विभिन्न गाविस अन्तर्गतका धान ब्लक विकास समितिलाई कृषि उपकरणहरु जिल्ला कृषि विकास कर्यालय सिरहाले शुक्रबार प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना अन्तर्गत धान ब्लक विकास कार्यक्रम लागु भएका साविक गाविसमा राजपुर, अर्नमा, चतरी, बेल्हा र थल्ला कटहा गरी पाँच गाविसमा लागु भएको छ । त्यसमध्ये गठित लवकुश धान ब्लक विकास समिति बनिनियाँलाई कस्टम हाइरिंग सेन्टर स्थापना कार्यक्रममा बालि लगाउने देखि बालि काटने बेला सम्मको कृषकको मांगमा आधारित ५० प्रतिशत अनुदानमा कृषि औजार उपकरणहरु हस्तान्त्रण गरिएको छ । 

वितरण कार्यक्रम व्यवसायिक कृषि (ब्लक) विकास कार्यक्रम कार्यविधि २०७३ अनुसार रोटाभेटर, कल्टि, ह्यारो, केजविल लगायत ४ थान ट्रयाक्टर तथा ८५ प्रतिशत अनुदानमा पोष्ट हारभेष्ट सेन्टर स्थाना कार्यक्रम अन्र्तगत कृषकको मांगको आधारमा महिन्द्रा कम्पनिको पिकप बोलेरो एक थान समेत लबकुश धान ब्लक विकास समिति बनिनियाँलाई हस्तान्त्रण गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । उक्त कार्यक्रम जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. रामचन्द्र यादवको अध्यक्षतामा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, अतिथीहरु पशु विकास कार्यालय सिरहाका प्रमुख डा. काशिनाथ यादव, नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहका सभापति राजदेव यादव लगायत कृषक, बुद्धिजिवी पत्रकारहरुको सहभगिता रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.