शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिंचाईको अभावमा किसानहरु सुख्खा खेतमै हलो जोत्दै
साउन १०, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी श्रावन १० - 
भनिन्छ ,नेपाल कृषि प्रधान देश हो ,तर यहाँका किसानहरुले बर्षेनी सिंचाईको अभावदेखि लिएर आवश्यकता अनुसारको मल ,खाद्य ,बिउ ,बिजन लगायतका सामग्रीहरु नपाउँदा निकै समस्या खेप्नुपरीरहेका छन । यसैक्रममा पछिल्लो पटक समयमा बर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएकै कारणले सप्तरीका किसानहरुले सुख्खा खेतमै हलो जोताई गरी धान रोप्न बाध्य भएका छन । साउनको दोश्रो सात्ता सम्ममा सप्तरीमा कुल ७० हजार हेक्टर क्षेत्रफल मध्ये हालसम्म करिब ४० प्रतिशत मात्र धान रोपाई भएको छ भने अझै ६० प्रतिशत खेतहरु सिंचाईको अभावमा बाँझै रहेका छन । राज्यको उदासिनताका कारणले यहाँका किसानहरुलाई बर्षेनी खेतिको सिजनमा यि यस्ता समस्याहरु झेल्नु परेपनि सम्बन्धित निकायको त्यसतर्फ ध्यान जान सकेको छैन । 

खासगरी खेति सिजनमा वर्षेनी यहाँका किसानहरुलाई सिंचाई तथा मल ,खाद्य र बिउ बिजन लगायतका समस्याहरु झेल्नुपरेपनि सो समस्याका बावजुद पनि यहाँका किसानहरु खेति गर्न बाध्य भएका छन । घर नजिकै कोशी पम्प चन्द्र नहर रहेपनि नहरमा पानी नहुँदा यहाँका किसानहरुलाई पानीको अभावमा भवलेटर तथा पम्पी सेटबाट पानी हालेर धान रोपाई गर्न बाध्य छन यहाँका किसानहरु ,तर पनि यस्तो समस्या समाधानका लागि राज्य तथा सम्बन्धित कुनै निकायको ध्यान जान सकेको छैन । नेपाल कृषि प्रधान देश हो भन्ने गरेपनि यहाँका किसानहरुको समस्या बुझने कुनै पनि निकाय नहुँदा निकै अप्ठयारो यहाँका किसानहरुले खेपीरहेपनि ारज्य तथा जिम्मेवार निकाय किसानहरुको पिडाप्रति कानमा तेल हालेर सुतेका छन ।तसर्थ किसानहरुले मेहनतका साथ खेतमा धानबाली नलगाउँदा वर्षभरी के खाने र कसरी बाँच्ने समस्या सबैलाई हुँदा हुँदै पनि किसानहरुको यथार्त समस्या समाधान गर्नेतर्फ समयमै राज्य तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी रहेको देखिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.