शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
३ महिने सिलाई कटाई तथा सीप मूलक तालिम सम्पन्न
साउन १२, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव , सप्तरी  २०७४ श्रावन १२  - 
आर्थिक रुपमा विपन्न रहेका परिवारका युवा तथा महिलाहरुले सिलाई कटाई सीप सिकेर व्यवसाय गरी आय आर्जन वढाउने उदेश्यका साथ संचालित ३ महिने सीप मूलक तालिम वुधवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सवल नेपाल र सेभ द चिल्डेनको साझेदारीमा संचालित स्पोरन्सरशिप कार्यक्रम अन्तर्गत साबिकको मलहनिया वडा नं. ७ चनही, तथा हाल बोदे बर्साइन नगरपालिका वडा नं. १० मा गत बैशाख ८ गते देखी संचालन भएको उक्त तालिममा ८ जना सहभागिलाई स्थानीय टेलर मास्टर रामदुलार पासवानले सहजीकरण गर्नु भएको थियो । विपन्न समुदयका घर धुरीहरुलाई सिलाई कटाई तथा सीप विकास तालिम मार्फत आयआर्जन कार्यमा संलग्न गराई उनीहरुका वालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा सहज पहुच पुग्ने जानकारी सबल नेपालका फिल्ड अधिकृत रविन्द्र साहले जानकारी गराउनु भएको थियो । तालिम समापन समारोह कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले तालिममा प्राप्त सीपलाई उपयोग गरि आफनो परिवारको जिवन स्तर उकासी वालबलिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा पहुँच बढाउन जोड दिनु भएको थियो । समापन कार्यक्रमको अध्यक्ष तथा स्थानीय बुद्धिजिवि गौरी शंकर मंडलले यस किसिमका तालिमहरु मलहनिया जस्तो विकट ठाउँमा संचालन गरेकोमा सबल नेपाललाई धन्याबाद दिदै सो तालिमबाट प्राप्त गरेका सीपलाई सहि सदुपयोग गर्न युवा तथा महिलाहरुलाई जानकारी गर्नु भएको थियो । कार्यक्रमको संचालन सबल नेपालका सामुदायिक परिचालक बिना यादवले गर्नु भएको थियो ।

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.