शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको धानखेतमा धाँजा फाट्यो , खडेरीग्रस्त जिल्ला घोषणा गर्नुपर्ने माग
साउन १२, २०७४ | सरगम खबर समाचारदाता

शुभ नारायण कामति ,  सिरहा २०७४ श्रावन १२ - 
काले मेघा काले मेघा पानी तो बरसाओ
विजरीके तरबार नहि बुँदो तो बरसाओ

हिन्दी चर्चित चलचित्र ‘लगान’मा कृषकहरु उब्जनी नभएपनि ‘लगान’ तिर्न बाध्यता खेपेको देखाईएको छ । भारतमा अँग्रेजको शासनकालमा भएको त्यो यातनाको समयलाई चलचित्रले प्रस्तुति गरेर लगान नतिरे दण्डको भागीदार हुनुर्ने दृश्यहरु चलचित्रमा समटेका छन् ।अहिले यो दृश्य सिरहाका खेती किसानी गर्ने कृषकहरुमा लागु भएको देखिन्छ । सिरहाका कृषकहरु साउनको दोस्रो हप्ता वितिरहँदा पानी नपरेर रोपाई गर्न सकेका छैनन् । जिल्लाको मुख्य बाली रहेको धानवाली वर्षाको पानीको अभावमा सप्रिने सम्भावना छैन र रोपाई हुनै सक्दैन ।सिरहा माडरका कृषक रामविलास यादव भन्दै थिए, ‘सालाना एक हजार तिर्नुपर्छ । पानी परदैन कसरी धान फल्छ ।’ धान नफले आफूले तिरो तिर्नुपर्ने भन्दै यादवले निराश मुद्रामामा ईश्वरलाई गुर्हादै थिए । उनले भने, ‘काला काला बादल आकाशमा मडारिएको छ । खेतमा पानीको बुँद छैन् ।’मनसुन समयमै सक्रिय भएपछि रोपाईको थालनी गर्ने परम्परा छ । तर मौसम परिर्वतनको असर वर्षामा देखिदाँ मध्य मनसुनको बेलामा पनि खेतहरुमा पानी लागेको छैन् ।अर्का कृषक जोगिन्द्र यादवले भने, ‘ई रौदियाहा हावा बहैय छै, ऐना रहतैत अहिबेर रौदी पैरजेतै ।’‘केहीदिनदेखि बगेको हावाले खडेरी पर्ने संकेत गरेको छ । यसरी नै हावा चल्नु र पानी नपर्नु भनेको खडेरी निश्चित छ,’ जानकारहरुको भनाई छ ।

जिल्लाका मुख्य बालीको रुपमा धान खेती कृषि विकास कार्यालयको तथ्यांक अनुसार वढीमा ३० प्रतिशत रोपनी सकिएको छ । कृषि कार्यालयको तथ्यांक जे भएपनि गाउँघरमा खेतहरु अझैं पानी विना रोपाईको पखाईमा छ । गत आर्थिक वर्षमा आकासे वर्षाले साथ दिएपछि प्रति हेक्टर ३ मेट्रिक टनले धानको उत्पादन भएको थियो तर यस वर्ष यस्तै अवस्था रहे खडेरी पर्ने प्रबल सम्भावना रहेको जिल्ला कृषि कार्यालय सिरहाका प्रमुख डा रामचन्द्र यादवले बताए ।आकासे पानीमा धानलाई चाहिने पौष्टिक तत्व वढी हुने गरेको भन्दै उनले भूमिगत सिचाईले त्यसको पूर्ति गर्न नसकेको प्रमुख यादवको दाबी छ । ६० हजार हेक्टरमा हुने धान खेती मनसुनी वर्षाको चपेटामा परेको छ ।धानवाली लगान र त्यसप्रति जनचेतना जगाउने उदेश्यले गत असार १५ मा धान दिवस तामझामका साथ मनाईएको छ । तर सिंचाई असुविधा र आकाशे पानी नपरेपछि त्यो तामझाम माथि पनि प्रश्न खडा भएको छ ।कमला हर्दिनाथ सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय अन्र्तगत सिरहामा १२ हजार हेक्टरमा मात्र सिंचाई सुविधा पुर्याउन सक्छ तर सिचाईका नहरहरु नै जीर्ण हुँदा सिचाईको कमाण्ड भित्रका खेतहरुमा पानी पुग्न सकेको छैन् ।समयमा वर्षा नहुँदा र सिंचाई असुविधा भएकोले सिरहा जिल्लालाई खडेरी ग्रस्त जिल्लाको रुपमा सुचिकृत गर्दै कृषिकरणमा जोड दिनुपर्ने कृषकहरुको माग छ । राष्ट्रिय कृषक महासंघ सिरहाका अध्यक्ष मुक्ति यादवले सिरहा जिल्लालाई खडेरीग्रस्त जिल्ला घोषणा गर्नुपर्ने माग गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.