शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा यामाहाको नया थ्री एस फेसिलिटी
माघ २६, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ माघ २६ 
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिरहा जिल्लाको लहानमा विश्वस्तरीय सुविधा सम्पन्न संरचना बाट सेवा सुविधा सुरु गरेको छ । एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नया गाइडलाइन अनुसार स्तरोंन्ति गरेर ग्राहकलाई थ्री एस ( सेल्स ,सर्भिस र स्पेयर्स पार्ट्स ) को सुविधा सुरु गरेको छ । यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पूर्ति गर्ने उदेश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्न्ति गरिएको छ। नया शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गरेकी छिन। र एसएस अटो सेन्टर बाट ग्राहकले अब विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरको थ्री एस सहित एक्सचेन्ज र फ़ाइनेन्सको पनि सुविधा पाउनेछन ।

एसएस अटो सेन्टरका प्रवन्धक निर्देशक संजिव साहका अनुसार एसएस अटो सेन्टर संग अब हाइटेक वर्कसप , तालिम प्राप्त र दक्ष टेक्निसियन समेत रहेको हुदा मोटरसाइकलको गुणस्तरीय सर्भिसिंग हुने छन्। यामाहाले नेपाली बजारको माग र आवश्यकतालाइ सम्बोधन गरी विभिन्न भेरीयेन्ट्का मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ।लहानको जिल्ला ट्राफिक प्रहरी कार्यलयको छेउमा अवस्थित यस नया शोरुमा स्कुटरमा यामाहाको फेसिनो , रे जेडआर र रेजि गरी तिन मोडेल छन् भने मोटरसाइकलमा एफजेड एस एफआई  , आर १५ ,एसजी आर आर , स्लुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ , एफजी २५ द अल्टिमेट स्ट्रिट फाइटर उपलब्ध छन्। शोरुमले नया मोटरसाइकल वा स्कुटरको खरिदमा केहि दिनका लागि विशेष छुट सुविधाका साथ् विभिन्न उपहारहरुको समेत व्यवस्था गरेको छ।

 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.