शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्टिय सुचना तथा संचार प्रविधि दिवस लहानमा पनि मनाइयो
बैशाख १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १९ - 
सिरहाको लहानमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस विहिबार  मनाइएको छ । हरेक बर्षको मे २ तारिखको दिन मनाइने यो दिवस यस वर्ष “डिजिटल नेपाल : विकास र समृद्धिको आधार “ भन्ने मुल नारा सहित  लहानमा पनि मनाइएको छ। क्यान महासंघको आयोजनामा विहान ८ बजे लहानमा अवस्थित पशुपति आदर्श माविको प्रांगण बाट सुरु भएको प्रभातफेरी लहान नगरपालिकाको विभिन्न भागको परिक्रमा गरि कोण सभामा परिणत भएको थियो। 

कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको अध्यक्ष धनन्जय महतोको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कोण सभा कार्यक्रममा विशिष्ट अतिथि कम्प्युटर एशोसिएसन नेपाल महासंघका केन्द्रिय सदस्य दिपेन्द्र राज सिङ, अतिथिहरु एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि ,लहान सिटि जेसिसका अध्यक्ष राजु मण्डल,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख, संचारकर्मी संजय विश्वकर्मा,शम्भु चौधरी,महेश सिंह लगायत विभिन्न नगरपालिका गाउपलिकाका कम्प्युटर अपरेटरहरु, विभिन्न संघ संस्थानका प्रतिनिधि तथा प्रमुखहरु संगै वीभिन्न स्कुल तथा कलेजका छात्रछात्रा,कम्प्युटर एशोसिएसनका विभिन्न पदाधिकारीहरु लगायतको उपस्तिथी रहेको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि लगायत अतिथिहरुले शुभकामना मन्तव्य राख्दै  सूचना प्रविधिको महत्व र विकास बारे स्पष्ट पार्नु भएको थियो। कार्यक्रमको उद्घोषण कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाका सचिव संजय शर्माले गरेका थिए।

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.