शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिला नेतृत्व विकास तालिम सम्पन्न

9 Views

असाड २५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार २५ - 
सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान नगरपालिका वडा नम्बर ५ को आयोजनामा आयोजित "लक्षित वर्गको कार्यक्रम अन्तर्गत " मंगलबार एक दिने महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। वडा नम्बर ५ का अध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षता तथा लहान नगरपालिका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर ५ का १८० जना सहभागी महिलाहरु  लाभान्वित भएका छन। कार्यक्रमा प्रमुख अतिथि मुनि साहले  महिलाहरुमा नेतृत्व क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताउनु भयो। यस्ता खालका तालिमले महिलामा धेरै नेतृत्व सम्वन्धि क्षेमता वृद्धि हुनुका साथै अन्य थुप्रै कुरामा सहयोग पुग्ने बताउनु भयो।

तालिममा राजनीति र राजनीतिक दल, स्थानीय निकाय र महिला, संविधानमा महिलाको अधिकार, नेतृत्व, सहकार्यात्मक नेतृत्व, सम्वाद र सहकार्य, सुचना सम्बन्धी हक लगायतका विषयमा महिलाहरुलाई सहजकर्ता देव कुमारी महरा, रेणु कर्ण र गीता साहले तालिम दिनुभयो। कार्यक्रममा लहान नगरपालिकाका प्रवक्ता राज कुमार साह,प्रशासन शाखाका लखन साह, मुस्लिम महिला अगुवा नुरजहा खातुन,वडा सदस्य आविद शेख ,सिताराम परियार , रामपरि पासवान लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको उद्घोषण वडा सचिव कृषण मोहन साहले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.