शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुज़ुकिको एस–प्रेसो गाडी अब लहानमा
मंसिर २, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २ - 
सुजुकी गाडीको बिक्री वितरण गर्दै आएको सीजी मोटोकर्प कम्पनीको नयाँ गाडी एस–प्रेसो अब लहानमा पनि पाइने भएको छ। उत्कृष्ट प्रविधियुक्त सुरक्षालाई प्राथमिकता दिइएको एस प्रेसो गाडी आइतबार लहान बजारमा सार्वजनिक गरिएको छ।चर्चित अटोमोबाइल कम्पनी सुजुकीले नेपाली बजारमा एस–प्रेसो ल्याएको छ । आइतबार सिरहाको लहानमा अवस्थित जी बि एस ट्रेडिंग एण्ड  
 कम्पनि प्रालि सुजुकी कार सोरुममा जिल्ला पत्रकार महासंघ सिराहाका सभापति दिनेश्वर प्रशाद गुप्ता र शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट एक समारोहका बीच कम्पनीले आफ्नो एसयुभी सेग्मेन्टको नयाँ मोडल एस–प्रेसो सार्वजनिक गरेका छन् ।

नेपालका लागि सुजुकी फोर ह्विलर तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले बजारमा ल्याएको गाडी एसयूभीजस्तै आधुनिक र ‘बोल्ड’ डिजाइनयुक्त रहेको कम्पनीले जनाएको छ। गाडीको बोल्ड र शक्तिशाली एसयूभी ‘लुक्स’ले अरुभन्दा भिन्न देखाउँछ ।हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा यो गाडीको निर्माण गरिएको हो । यसमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएकाले यसको बनोटलाई बलियो, सुरक्षित र कठोर बनाइदिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। नयाँ गाडीमा १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको छ भने ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री वितरण हुने कम्पनीको भनाइ छ। त्यस्तै एसप्रेसोमा वेस्ट इन क्लास फिचरहरुलाई प्राथमिकता दिएको छ। जी बि एस कम्पनि प्रालि सुजुकी कार सोरुमका म्यानेजर आर्यन अलिले ग्राहकलाई पहिलो प्राथमिकतालाई अनशुरण गर्दै एसप्रेसो लहानमा भित्र्याएको बताए। उनले बेस्ट भ्यालु प्राइसमा बेस्ट इन डिजाइन, टेक्नोलजी र सेफ्टीयुक्त गाडी नेपाली ग्राहकसामु ल्याउँदा खुसी भएको बताए।

नयाँ सुजुकी एसप्रेसोको डिजाइन बोल्ड र एसयूभी गुणयुक्त छ। यसको अपराइड एपिल ब्याकडोर डिजाइनका कारण बलियो एसयूभीजस्तै देखिन्छ। मोर्डन ग्लास र बडीको अनुपातलाई सावधानीपूर्वक डिजाइन गरिएको छ। १८० एमएम हाई ग्राउन्ड क्लियरेन्स, डोर सिल, आर १४ टायरजडित वर्गाकार ह्विल आर्कजस्ता आकर्षक डिजाइनहरु प्रयोग भएको छ। आकर्षण लुक्स, युनिक र युथफुल इन्टेरियरमा रहेको एस–प्रेसोमा बीच भागमा डाइनामिक कन्सोल राखिएको छ । योसँगै ट्रेन्डी इन्फोटेन्ट मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटरले कारलाई थप सफल बनाएको छ ।
त्यस्तै एसप्रेसो सेग्मेन्टमै पहिलोपटक स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल राखिएको छ। म्युजिक, इन्टरमेन्ट र नेभिगेसनको लागि स्मार्ट प्लेजडित टचस्क्रिन रहेको छ। त्यस्तै एप्पल कार प्ले वा अन्य कुनै स्मार्ट प्ले स्टुडियो एक्पकम्पेटिबल समेत जडान गरिएको छ। सेफ्टीतर्फ पनि उत्तिकै ध्यान दिइएको छ। यसमा डुअल एयरब्याग, ईबीडी, एबीएस, प्रि टेन्सनर, फोर्स लिमिटर, सिट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन्।यो गाडी ३५६५ एमएम लामो, १५६४ एमए उचाइ र १५२० एमएम चौडाइको रहेको छ। २३८० एमएमको ह्विलबेस तथा २१.७ केएमपीएल इन्धन पर्याप्तता, सोलिड सिजलओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रड मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर कलर रेन्जहरु रहेका छन्। गाडीको म्याक्सिमम टर्क ३५ सय आरपीएममा ९० एनएम तथा म्याक्सिमम पावर ५५ सय आरपीएममा ५० किलोवाट रहेको छ।

सुरक्षित फिचरमा हार्टटेक्ट प्लेटफर्म गाडीको बडी मा इम्प्याक्ट एब्जोप्र्सन डिस्पर्सन सिस्टम उपलब्ध गराइएको छ । जसले यात्रुको सुरक्षामा पूर्ण प्रत्याभूति दिन्छ । त्यस्तै, डुअल एअरब्याग, इबीडी एबिएस ब्रेकिङ्ग सिस्टम प्रि–टेन्सनर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि बेल्ट रिमाइन्डर रियर पार्किङ असिस्ट सिस्टम हाई स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ्ग सेन्सर लगाएतका उपयोगी सुरक्षित फिचरहरु उपलब्ध रहेका छन् । चार भेरिएन्टमा उपलब्ध यो गाडीको स्ट्यान्डर्डको मूल्य २२ लाख ९९ हजार, एलएक्सआईको २३ लाख ९९ हजार, भीएक्सआई २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनील जनाएको छ।

बजाज पल्सर एन १५० अब नेपाली
असाड ३, २०८१ | सरगम खबर समाचारदाता
देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.