शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मंगला देवी स्मृति दिवसको अवसरमा रक्तदान
भाद्र २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २१ - 
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला भइरहेको रगतको आभावलाई मध्यनजर गर्दै मंगला देवी स्मृति प्रतिष्ठानले २४ औ मंगला देवी स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेका छन। कोभिड १९ अर्थात कोरोना भाईरसका कारण देशमा भएको लकडाउनको यो समयमा लहानमा ब्लड अभाव भएको कारण सो कार्यक्रमको आयोजना गरिएको मंगला देवी स्मृति प्रतिष्ठान प्रदेश -२ का संयोजक संगीता कर्माचार्य (चौधरी) ले जानकारी गराएकी छिन। ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गरेर जिवनदान गरेको सरह हुने विश्वास राख्दै मंगला देवी स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको समाजसेवी महेश चौधरीले जानकारी दिएका छन्। सिराहाका विभिन्न स्थानमा रगतको अभाव भईरहेको अवस्थामा, रगतको आवश्यकता रहेका बिरामीलाई सहजता मिलोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संयोजक संगीता कर्माचार्य (चौधरी) ले बाताइन। कार्यक्रमा ४१ जनाले रक्तदान गरेका छन। कोरोना भाईरसबाट बच्न दुरी कायम गरि, सेनिटाईजर, मास्क, ग्लब्सहरु प्रयोग गरी व्यवस्थित तवरले कार्यक्रम सम्पन्न भएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.