शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा यामाहाको १२५ सिसिको स्कुटर रे-जेडआर स्ट्रिट सार्वजनिक
आश्वीन १७, २०७७ | फिरोज शेख

रमिता नेपाल २०७७ असोज १७ - 
यामाहाको बहुप्रतिक्षित स्कुटर रे जेडआर सिरहाको लाहानमा सार्वजनिक भएको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले भर्चुअल माध्यमबाटै केहि दिन अगाडी सार्वजनिक गरिएको स्कुटरको शनिबार यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानले एक कार्यक्रमको आयोजना गरि संचारकर्मीहरुको उपस्तिथिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको हात बाट सार्वजनिक गरेको हो। अल न्यू यामाहा रे जेडआर १२५ एफआइ इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट र्‍याली स्कुटर हो। स्कुटर १२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको एस एस अटो सेन्टरका संचालक संजिव साहले जानकारी दिएका छन।

उक्त स्कुटरमा ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको जनाएको छ। २०२० यामाहा रेजेड आर १२५ एफआई बीएस ६ मा कम्पनीले तुलनामा कस्मेटिक चेन्ज गरेको छ। यस्तै यसमा वाई सेपको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाजरहीत सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग फिचर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी पोजिसन लाइट, टफ लुकिङ हेडलाइट, स्टप एन्ड स्टार्ट सिष्टम, ब्रुस गार्ड र स्मार्ट मोटर जेनेरेटर जस्ता विशेषता समेत उपलब्ध छन्।यसबाट पहिलेको ११३ सीसीको स्कुटर भन्दा पावर आउटपुटमा ३० प्रतिशत र फ्युल इकोनोमीमा १६ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ। स्कुटरमा ५.२ लिटरको इन्धन ट्यांकी रहेको छ। भने दुईवटा रंगमा उक्त स्कुटर उपलब्ध रहेको संचालक साहले जानकारी दिए। स्कुटरमा भएको बीएस–६ मापदण्ड सहित फ्युल इन्जेक्टेड, ब्लुकोर इन्जिन छ, जसले ६५०० आरपीएममा ८.२ पीएस पावर र ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ। स्कुटर ९९ केजीकाे हलुका रहेकाे छ भने बुट स्पेस २१ लिटरकाे रहेकाे छ। जसले स्कुटरमा धेरै सामान राख्न मिल्छ। एफआई प्रविधिको स्कुटरमा साइड स्टयान्ड लगाएकाे बेला स्कुटर स्ट्राट नै हुँदैन। यसले दुर्घटना हुनबाट जोगाउने बताइएको छ। कार्यक्रममा संचारकर्मी फिरोज शेखले शुभकामना मन्तव्य राख्दै स्कुटर रे- जेडआरले स्कुटर चलाउने उपभोक्ताहरुको मन जित्दै अग्र स्थान हासिल गर्न सफल हुने भन्दै शुभकामना सहित सफलताको कामना व्यक्त गरेका छन। 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.