शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा वडा सचिवहरुको ६ दिने अभिमुखीकरण तथा तालिम सम्पन्न
पौष २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष २५ - 
सिरहाको लहानमा राष्ट्रीय परिचय-पत्र तथा पञ्जिकरण विभाग र लहान नगरपालिका सेवा ईकाई पञ्जिकरण शाखा सिरहा ,प्रदेश २ को आयोजनामा ६ दिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धि अभिमुखीकरण तथा तालिम सम्पन्न भएको छ। लहान नगरपालिका अन्तर्गत रहेका २४ वटै वडाका सचिवहरु लाई लहान नगरपालिका सेवा ईकाई पंजीकरण शाखाका कर्मचारीहरुले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि तालिम दिएका थिए। लहान नगरपालिकाका सुचना अधिकृत संजय कुमार साहको अध्यक्षता तथा  लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालको प्रमुख आतिथ्यता र लहान नगरपालिका प्रशासन शाखा प्रमुख लखनलाल साह,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको आतिथ्यतामा सम्पन्न उक्त तालिममा स्रोत र साधनले भ्याए सम्म कार्यलयलाई सेवा मुखी बनाउदै यस क्षेत्रका नगरवासीलाई मुस्कान सहितको सेवा प्रदान गर्नु पर्ने कुरामा वक्ताहरुले जोड दिएका छन्। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संचारकर्मी फिरोज शेखले एक्काइसौ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्दै मुस्कान सहितको सेवा प्रवाह गर्न सहभागी सम्पूर्ण वडा सचिवहरुलाई आग्रह गरेका छन्।  भने प्रशासन शाखा प्रमुख लखनलाल साहले जनताको आकांक्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न कर्मचारीहरुले परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री,कार्यकुशल, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम भए मात्र घर -घरमा स्थानीय सरकार आएको महसुस गर्ने कुरामा जोड दिएका थिए।

यसै बीच प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले जब सम्म स्थानीयतहका कर्मचारीले जनताको नोकर हुँ,भन्ने अनुभूति गरि कार्य गर्दैनन तब सम्म कुनै पनि नगरपालिका समृद्धि तर्फ उन्मुख हुँन नसक्ने जिकिर गर्दै आफ्नो कार्य क्षमता बाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौँ तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौँ शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।”समयवद्ध, उपलब्ध स्रोत–साधनको पूर्ण सदुपयोग तथा मुस्कान सहितको सेवा अनुभूत गर्न वा मापन गर्न सक्ने गरी उपलब्धि हासिल गर्ने क्षमता भएको प्रशासनिक प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको समस्यालाई चाडै सामाधान गर्न र सबै वडाका सचिवहरुलाई आ-आफ्नो वडाको तथ्यांक सुरक्षित राखन टोकन प्रणाली मार्फत सेवाग्राहीहरुलाई नि:स्वार्थ भावनाले सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो।

यसै बीच कार्यक्रमको अध्यक्षता गर्नु भएका साहले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण स्थानीय कर्मचारी प्रशासन लोकतन्त्रको जग हो। नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन्। राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलश्य नगर्ने, जिम्मेवारीवोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको स्थानीयतहका कर्मचारीले मात्र यो परिकल्पनालाई साकार पार्न सक्ने गरी काम गर्न सुचना अधिकृत साहले सहभागी सम्पूर्णमा आग्रह गर्नु भयो। कार्यक्रमा सहभागी सम्पुर्णलाई प्रमुख प्रशासकीय अधिकृत भुषालको हात बाट प्रमाण -पत्र वितरण गरिएको थियो,भने तालिमका प्रशिक्षक विद्यानन्द महतो लाई सम्मान पत्रले सम्मानित गरिएको थियो। अभिमुखीकरण तथा तालिम लिट्टिल स्टार स्कुलको सभा हलमा संचालन भएको थियो।

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.