शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको मुख्य बजारमा मल्टिमिडिया डिजिटल सूचना बोर्ड स्थापना

6 Views

माघ १७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ १७ - 
लहान नगरपालिकाले लहानको मुख्य व्यापारिक क्षेत्रमा मल्टिमिडिया सूचना मूलक डिजिटल एलईडि बोर्ड स्थापना गरेका छन। लहान नगरपालिकाले  वडा नम्बर ६ र ७ को बिचमा पर्ने चौबाटो, शारदा गहना गृहको अगाडी उक्त सूचना मूलक मल्टिमिडिया डिजिटल बोड राखेको हो। उक्त डिजिटल बोर्डको शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख मुनि साहले उद्घाटन गर्नु भएको छ।लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताको अध्यक्षता तथा नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुषाल, लहान ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारी ,लहान १० का अध्यक्ष मनटि मण्डल,लहान १९ का अध्यक्ष मोहम्मद हकिम, लहान २० का अध्यक्ष गणेश चौधरी,सूचना प्रविधी अधिकृत संजय साह, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख, समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी, पत्रकार जिवछ उदासी सहित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थितीमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

नगरप्रमुख साहका अनुसार नगरका हरेक गतिबिधी, सूचना, सन्देश सहित सेवा प्रबाहका बिषयहरुलाई उक्त बोर्डमा हेर्न सकिने व्यवस्था गरिएको छ । नगरका गतिबिधी, जनता सँग जोडिएका योजना, सूचना तथा सन्देशहरुलाई नागरिकहरुले सहजै हेर्न र बुझ्न सकुन भन्ने उदेश्यले डिजिटल बोर्डको स्थापना गरिएको र बजारका अन्य क्षेत्रहरुमा पनि आगामी दिनमा राख्ने योजना रहेको  नगर प्रमुख साहले जानकारी दिएका छन ।

टिभिएसको रेडर, एनटर्क र रेडिअन
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.