शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भिभो वाई १२ एसको प्रि–बुकिङ्ग अफर अब लहानमा
माघ २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २६ - 
भिभो नेपालले वाई १२एस मोबाइलको लञ्च सिरहाको लहानमा सोमबार पत्रकार तथा मोबाइल विक्रेताहरुको उपस्तिथिमा गरेका छन्। भिभो मोबाइलका सिराहा डिलर सुनिल सप्लायर्सका संचालक सुनिल साह ,पुर्वाअञ्चल सेल्स म्यानेजर निमेष घिमिरे र सगरमाथा अञ्चल सेल्स म्यानेजर उमेश श्रेष्ठले लहान क्षेत्रका मोबाइल विक्रेता , संचारकर्मीहरुको उपस्तिथिमा जिल्ला पत्रकार महासंघ सिराहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको हात बाट केक काटेर लहानमा भिभो वाई १२एस मोबाइल सार्वजनिक गरेका छन्। 

यसै बीच भिभो वाई १२एस मोबाइल लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि–बुकिङ्ग स्किम ल्याएको पुर्वाअञ्चल सेल्स म्यानेजर निमेष घिमिरेले जानकारी दिए। यस स्किममा ग्राहकहरुले प्रि–बुकिङ्ग अन्तर्गत १ हजार रकमले बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई १२एस मोवाइल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रकम छुट पाउनेछन् । साथै त्यो ग्राहक अनलाइनद्वारा लक्की ड्रमा सहभागी पनि हुन पाउनेछन् । 

लक्की ड्र मार्फत वाई १२एस तीनजनाले जित्न सक्नेछन् भने १ सय जनाले २ हजार ५ सय क्यासब्याक पाउनेछन्। साथै ५ सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी समेत पाउँने सेल्स म्यानेजर घिमिरेले जानकारी दिए। यसको विशेषता भनेको डिस्प्ले साइज 6.51 inches, 102.3 cm2 , 89 % screen-to-body ratio ,रेजुलेसन 720 x 1600 pixels ,प्रोसेसर MT6765 Helio P35 (12nm) ,इन्टरनल मेमोरी 32GB ,3GB RAM , मेनक्यामेरा 13 MP, f/2.2 +2 MP, f/2.4 , फ्रन्ट क्यामेरा 8 MP, f/1.8 का साथै साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्री, कलर तथा डिजाइन रहेको छ । यो मोबाइलको बजार मुल्य १७,९९९ रहेको छ ,भने  प्रि–बुकिङ्ग मुल्य १६,९९९ राखिएको कम्पनीले जनाएको छ। यसै बीच भिभो वाई १२ एस मोबाइलको लञ्च संगै लहानमा १०१ भन्दा बढी मोबाइको प्रि–बुकिङ्ग गरिएको छ। 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.