शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चाडपर्व लाई लक्षित गरि शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
चैत्र १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १३ - 
सिरहाको लहानमा हातेमालो अन्तरधार्मिक समिति द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। विहिवार समितिले समग्र जनउत्थान केन्द्रको सहयोगमा लहान -७ स्थित मारवाडी सेवा समितिको सभा हलमा एक कार्यक्रको आयोजना गरि सदभावको पर्व होलि ,शब ए बरात,ईस्टर सन्डे तथा बुद्ध जयन्ति र नयाँ वर्ष २०७८ सालको अवसर पारेर समितिका उपाध्यक्ष तथा वडा न .५ का अध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षता तथा नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यतामा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेका हुन। 

शुभकामना मन्तव्यको क्रममा नगर प्रमु्ख साहले लहान नगरपालिकाभित्र अन्तरधार्मिक सम्बन्ध उदाहरणीय रहेको बताउनु भयो। यस सम्बन्धलाई अझै प्रगाढ बनाएर ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई कार्यान्वयन गर्न लाग्नुपर्ने उपस्थित विभिन्न धर्ममा आस्था राख्ने जनसमुदायहरुलाई अनुरोध गर्दै लहान नगरपालिकाको २४ वटै वडामा रहेका अन्तर धर्मका मानिसहरुबीच कहिलेपनि धर्मकै विषय लिएर सम्बन्धमा फाटो नआउनुले लहानको विकास र समृद्धिका लागि ठूलो उपलब्धी भएको कुरामा जोड दिदै धर्म फरक भएपनि सामाजिक उत्तरदायित्व साझा रहेको बताउनुभयो । नगर प्रमुख साहले लहान नगरपालिकाको जनसंख्याको बनौट हेर्दा हिन्दु,मु्स्लिम, बुद्धिष्ट र ईसाई  रहेपनि हिन्दु र मुस्लिम धर्मालम्बीहरु एक अर्काको धर्मको सम्मान गर्दै आइरहेकोले हातोमालो अन्तरधार्मिक समितिले चाडपर्वको अवसरमा सबैलाई एउटै मञ्चमा उपस्थित गराएर सराहनीय कार्य गरेको भनि धन्यवाद ज्ञापन गरे। 

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा क्रिस्चियन धर्मका अगुवा प्रकाश थापा,बुद्ध धर्मका प्रचारक उमाकान्त चौधरी,मुस्लिम वेलफेयर सोसाइटी लहानका अध्यक्ष ईस्राइल सिद्धिकी, हिन्दु धर्मका सुर्य साह ,ओशो ध्यान केन्द्रका शैलेन्द्र स्वामी,जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य,लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसी राम पोखरेल, जसपाका जिल्ला उपाध्यक्ष तथा वडा न.७ का वडाध्यक्ष राकेश रोशन गुप्ता र उपप्रमुख सरियार कुमारी चौधरीले आपसी भाइचारा तथा सम्बन्धलाई मजबूत बनाउदै लहानलाई ‘हाम्रो लहान, समृद्ध लहान’ बनाउन आग्रह सहित उपस्थित सम्पूर्णमा शुभकामना सम्पूर्ण चाड पर्वको शुभकामना व्यक्त गर्नु भयो।कार्यक्रममा शान्तिका लागि सद्भाव नामक पुस्तक पनि नगरप्रमुख साह द्वारा  विमोचन गरिएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.