शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अक्षय र आदित्यलाई कारोना संक्रमण
चैत्र २३, २०७७ | सरगम खबर समाचारदाता

सोमबार चैत २३-२०७७ - 
बलिउड अभिनेता अक्षय कुमार र नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कारोना संक्रमण भएको छ। उनीहरु आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफूलाई आइसोलेट गरेको अक्षयले जानकारी दिएका छन्। ‘म होम क्वारेन्टिनमा छु र आवश्यक औषधिहरु सेवन गरिरहेको छु,’ उनले भनेका छन्।

यता आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्। आदित्यले यतिबेला भारतको चर्चित गायन रियालिटी सो इन्डियन आइडल कार्यक्रमको उद्घोषकको रुपमा काम गरिरहेका छन्।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.