शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मलको लक्की ड्रमा बुढाथोकीले हात पारिन पल्सर मोटरसाइकल
बैशाख १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख ०१ - 
एबी मल सिराहा सुपर मार्केटको लक्की ड्र मा ममता बुढाथोकीले पल्सर मोटरसाइकल हात पारेकी छिन। प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट गोलबजारले विजया दशमी,शुभ दिपावली,छठ,बकरिद,क्रिसमस, फस्ट जनवरी , सव -ए-बारात लागायत विभिन्न चाडपर्व लाई लक्षित गर्दै 'ह्यापी सेल अफर" बम्पर धमाका अन्तर्गत एबी मलमा किनमेल गर्ने ग्राहक वर्गका लागि राखिएको चार वटा बम्पर पुरस्कार अन्तर्गत मंगलवार खोलिएको लक्की ड्र बाट पहिलो पुरस्कार पल्सर मोटरसाइकल १५० सिसि , दोस्रो पुरस्कार फ्रिज,तेस्रो पुरस्कार मिक्चर ग्रान्डर र चौथो पुरस्कार टेवल पंखा चार जना भाग्यमानी ग्राहकले हात पारेका छन। 

एब मल सिरहा सुपर मार्केटका शाखा प्रमुख राम नारायण राउतको अध्यक्षता तथा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको उपस्तिथीमा कोरोना महामारीको अवस्थालाई मध्य नजर गर्दै समान्य रुपले बिना कुनै भिडभाड फेसबुक लाइभ मार्फत पाँच वर्षीय अनु साहको हात बाट पालै-पालो लक्की ड्र कुपन निकाल्ने क्रममा चौथो पुरस्कार चौहर्वा निवासी आरभ श्रेठ, तेस्रो पुरस्कार गोलबजार निवासी उपेन्द्र साह ,दोस्रो पुरस्कार सिरहा कल्याणपुर निवासी कृष्णा मण्डल र पहिलो पुरस्कार बन्दीपुर निवासी ममता बुढाथोकीले   हात पारेकी छिन। कार्यक्रमको अध्यक्षता गरेका राउतले मलमा किनमेल गर्न आउनुहुने सम्पूर्ण उपभोक्ता वर्गमा नयाँ वर्ष २०७८ सालको शुभकामना सहित आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.