शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टिभिएसको सुपर स्क्वाड एडिसन अब लहानमा
असाड २४, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ असार २४ - 
विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री-व्हीलर निर्माता कम्पनीले बुधबार मार्भेलस एभेन्जर्स बाट प्रेरित ब्लुटुथ जडान गरिएको एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर लहानमा अवस्थित राज अटो मोबाइल्समा सार्वजनिक गरेको छ। कम्पनीले डिज्नी इन्डियाको उत्पादन व्यवसायहरु संग सहकार्य गरेर टिभिएस एनटर्क १२५ को एक विशेष सुपर स्क्वाड सुरु गरेको छ। जुन आइकोनिक मार्भेलस सुपर हिरो द्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर हो। सुपर स्क्वाड संस्करण आइरन म्यान, क्यापटेन अमेरिका र ब्ल्याक प्यान्थर जस्ता पात्रहरु द्वारा प्रेरित भएको छ र यसमा विशेष रंग र बडी ग्राफिक्सको समिश्रण  पनि रहेको छ। स्कुटरमा बीयस ४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४-स्ट्रोक,३-भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ, जसले ९.४ बीएचपी ७५०० आरपीयम र १०.५ न्युटन मिटर ५५०० आरपीयमको पावर प्रदान गर्दछ। टिभिएस एनटर्क १२५ आफ्नो सेगमेन्टमा रहेको एकल स्कुटर हो, जसले फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट र ब्लुटुथ कनेक्टिभिटीको प्रस्तुती दिन्छ । यो म्याट रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लु रंगहरुमा उपलब्ध रहेको राज अटो मोबाइल्सका संचालक राज गुप्ताले जानकारी दिए। 

नेपाली रु.२ लाख ६६ हजार ९०० मुल्य रहेको एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटरको शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेखको हात बाट बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।  यसै बीच सुपर स्क्वाड एडिसन सार्वजनिक भए संगै लहानका युवा नरेश जंग साह सुपर स्क्वाड खरिद गरि उक्त स्कुटर खरिद गर्ने पहिलो ग्राहक बनेका छन्। 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.